• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटाको ऐतिहासिक तल्लो टुडिखेल बन्यो आधुनिक र पुर्बाधारयुक्त देशकै नमुना बनाउने लक्ष्य
  • अर्जेन्टिनामा आर्थिक संकट चुलिदो—नियन्त्रणका लागि विद्यमान मन्त्रालयको संख्यामा आधा कटौति गरिने
  • प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने
  • गरिवी निवारणका लागि उदयपुरमा सञ्चालित कार्यक्रम अपारदर्शी, खरीद गरिएका सामाग्री गुणस्तरहिन, उद्यमी बने आक्रोशित
  • १२ वर्षको प्रयास पछि बुटवलको पशुबधशाला सञ्चालन हुँदै, जनप्रतिनिधीको प्रयास सार्थक
अन्तर्राष्ट्रिय
क्युवाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोको ९० बर्षको उमेरमा निधन
प्रकाशित मिति: शनिबार, मंसिर ११, २०७३

क्युवाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोको ९० बर्षको उमेरमा आज निधन भएको छ । 

क्युवाको सरकारी र राज्य टेलिभिजनले क्यास्ट्रोको मृत्युको औपचारिक जानकारी गराएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । क्युवाको कम्युनिष्ट आन्दोलनमा महत्वपुर्ण भुमिका खेलेका क्यास्ट्रोले क्युवालाई आधा शताब्दी नेतृत्व गरेका थिए ।

उनले क्युवालाई कम्युनिष्ट राज्यको रुपमा स्थापित गर्दा अमेरिका लगायत बिश्वका शक्तिसम्पन्न राष्ट्र र क्युवाकै बिपक्षी दलले उनको ब्यापक आलोचना गरेका थिए ।

 सन् १९५९ देखी २००८ सम्म क्युवालाई नेतृत्व दिएका क्यास्ट्रो प्रधानमन्त्री बनेपछि अमेरिकाको कटु आलोचक बनेका थिए । स्वास्थ्य अबस्था कमजोर बनेपछि भाई राहुल क्यास्ट्रोलाई जिम्मेबारी सुम्पदै सक्रिय राजनितीबाट सन् २००८ मा क्यास्ट्रोले बिदा लिएका थिए ।

उनी सन् १९५९ देखी १९७६ सम्म क्युवाको कार्यकारी प्रधानमन्त्री र ७६ पछि २००८ सम्म राष्ट्रपतिको रुपमा रहेका थिए । उनले गत अप्रिलमा कम्युनिष्ट पार्टीको सभालाई अन्तिम पटक सम्बोधन गर्नुभएको थियो ।


 

Comments