• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटाको ऐतिहासिक तल्लो टुडिखेल बन्यो आधुनिक र पुर्बाधारयुक्त देशकै नमुना बनाउने लक्ष्य
  • अर्जेन्टिनामा आर्थिक संकट चुलिदो—नियन्त्रणका लागि विद्यमान मन्त्रालयको संख्यामा आधा कटौति गरिने
  • प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने
  • गरिवी निवारणका लागि उदयपुरमा सञ्चालित कार्यक्रम अपारदर्शी, खरीद गरिएका सामाग्री गुणस्तरहिन, उद्यमी बने आक्रोशित
  • १२ वर्षको प्रयास पछि बुटवलको पशुबधशाला सञ्चालन हुँदै, जनप्रतिनिधीको प्रयास सार्थक
अन्तर्राष्ट्रिय
नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकीलाई एकजुट राष्ट्रपति बाराक ओबामा बिश्वास
प्रकाशित मिति: बिहीबार, कार्तिक २५, २०७३

एजेन्सी । अमेरिकी राष्ट्रपति बाराक ओबामाले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकीलाई एकजुट बनाई सफलतापूर्वक देशको नेतृत्व गर्ने विश्वास ब्यक्त गरेका छन् ।

देशबासीको नाममा सम्बोधन गर्दै बाराक ओबामाले डोनाल्ड ट्रम्प राष्ट्रपति निर्वाचित भएपछि दिएको अभिब्यक्तिबाट आफू प्रभावित भएको प्रतिक्रिया दिए ।

अमेरिकी जनतालाई साथ लिएर अघि बढ्ने ट्रम्पको विचार कदरयोग्य रहेको ओबामाको भनाइ छ । ओबामाले ट्रम्पलाई शान्तिपूर्ण ढंगबाट सत्ता हस्तान्तरण गर्न आफूले ह्वाइट हाउसका कर्मचारीलाई निर्देशन दिइसकेको पनि बताए ।

उनले डेमोक्रेट उम्मेदवार हिलारी क्लिन्टनको उम्मेदवारी अमेरिकी इतिहासमा ऐतिहासिक रहेको एवं उनका पति बिल क्लिन्टन र हिलारीले भविष्यमा पनि अमेरिकाका लागि अझै धेरै काम गर्ने विश्वास ब्यक्त गरे ।

Comments