अमेरिकामा ४५ औ नया राष्ट्रपतिमा रिपब्लिक पार्टीका डोनाल्ड ट्रम्प वीजयी भएका छन् । बुधबार सम्पन्न मत परिणाम अनुसार ट्रम्प २ सय ७८ मत ल्याएर वीजयी भएका हुन् ।
रिपब्लिकन पार्टीका ट्रम्प डेमोक्रेट पार्टीकी उम्मेदवार तथा आफ्ना निकटतम प्रतिश्पर्धी हिलारी क्लिन्टनलाई हराउदै विश्वकै शक्तिशाली मुलुक अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन आवश्यक पर्ने २७० भन्दा बढी इलेक्टोरल मत प्राप्त गर्दै ट्रम्प विजयी भएका हुन् । निर्वाचन अघिसम्म हिलारीले ट्रपलाई अग्रता लिनसक्ने अमेरिकी सञ्चारमाध्यमहरुले नै मत सर्भेक्षणहरु सार्वजनिक गरिरहेका भएपनि परिणाममा भने ट्रम्पले बाजी मारेका हुन् ।
डेमोक्रेट र रिपब्लिकनको गढ मानिएका राज्यहरुमा दुबैले आफ्ना पकड कायमै राखेपनि दुबै पार्टीमा नखुलेका तर निर्वाचनमा निर्णायक मानिएका राज्यहरुमा भने यस पटक ट्रम्पले बाजी मार्दा हिलारीले हार ब्यहोरिन् ।




