• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • गरिवी निवारणका लागि उदयपुरमा सञ्चालित कार्यक्रम अपारदर्शी, खरीद गरिएका सामाग्री गुणस्तरहिन, उद्यमी बने आक्रोशित
  • १२ वर्षको प्रयास पछि बुटवलको पशुबधशाला सञ्चालन हुँदै, जनप्रतिनिधीको प्रयास सार्थक
  • आफूविरुद्ध महाभियोग प्रस्ताव नल्याउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह, महाभियोग लगाए देशकै अर्थतन्त्रमा धक्का पुग्ने चेतावनी
  • धरान उपमहानगरपालिकाले अवैज्ञानिक रुपमा कर बृद्धि गरेको प्रति कांग्रेस आन्दोलित
  • केहीदिनदेखि तनावग्रस्त बनेको कञ्चनपुरको अवस्था सुधारउन्मुख, बजार तथा यातायात आंसिकरुमा खुल्याे
बिजनेस
यस बर्ष धान उत्पादनमा वृद्धि हुने
प्रकाशित मिति: बुधबार, कार्तिक २४, २०७३

विराटनगर, २४ कात्तिक । मोरङमा गत वर्षको तुलनामा १५ प्रतिशतले धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ । 

पर्याप्त वर्षा, रासायनिक मलको अभाव नहुनु, उन्नत बीउ वितरण, सघन धानखेतीको प्रयोग र यान्त्रिकरणको माध्यमबाट धानबाली रोप्नेलगायतका कारण उत्पादनमा वृद्धिको अनुमान गरिएको हो । 

गत वर्ष ७८ हजार हेक्टरमा गरिएको धानखेतीबाट तीन लाख १२ हजार मेट्रिक टन उत्पादन भएको थियो भने यस वर्ष करिब १५ प्रतिशत उत्पादनमा वृद्धि हुने जिल्ला कृषि विकास कार्यालयका प्रमुख मनोज यादवले जानकारी दिनुभयो । 

कार्यालयले किसानलाई २० मेट्रिक टन उन्नत जातको धानको बीउ उपलब्ध गराएको थियो । समयमै रोपाइँ गरेका कारण जिल्लाका ३३ प्रतिशत किसानले धान भित्र्याइसकेका बताइएको छ । 

Comments