• पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज । सुदिप अधिकारकिा साथमा ।
  • Radio Himshikhar
News Updates
  • सप्तरीमा घरेलु हिंशाका घटनामा कमी आएन, एक महिला घर निकालामा परेपछि न्यायको खोजीमा भौतारिदै, कसैले सहयोग नगरेको गुनाशो
  • चितवनका कृषक धानमा बाला नलागेपछि चिन्तित, नया प्रजातीको धानले कृषकको लगानी स्वाहा
  • देशका बिभिन्न स्थानमा कपडा बैंक खुल्ने क्रम जारी,उदयपुरको गाईघाटमा पनि खुल्यो,नगरपालिकाको समेत साथ
  • मुलुकभर सडक कालोपत्रेमा करोडौं खर्च,कालोपत्रे प्राय गुणस्तरहिन प्रमाणित हुदै
  • धानबालीमा फौजी किराको प्रकोप देखिएपछि दक्षिणी झापाका किसान चिन्तित
स्वास्थ्य
पाथिभरा क्षेत्रमा नेपाली सेनाद्धारा सरसफाई र बाटो मर्मत (फोटो फिचर)
रविन भट्टराई प्रकाशित मिति: शुक्रबार, कार्तिक १९, २०७३

ताप्लेजुङ १९ कात्तिक । ताप्लेजुङमा रहेको नेपाली सेनाको नयाँ रणभिम गुल्मले प्रसिद्ध तिर्थस्थल पाथिभरा मन्दिर सहित सो क्षेत्रको सरसफाई गरेको छ । 

नेपाली सेनाको नीति अनूरुप सैनिक नागरिक सम्बन्ध सूदृढ पारी सामाजिक उत्तरदायित्व पूरा गर्ने उद्धेस्यले बुधबार, विहिबार र शुक्रबार तीन दिन पाथिभरा क्षेत्रमानै रहेर सरसफाई गरेको गुल्म पति सुबास केसिले बताए । 

उप सेनानी सन्तोष पाण्डेको नेतृत्वमा गएको ४० जनाको टोलिले पाथिभरा क्षेत्रमा भेटिएको जलाउन मिल्ने फोहोर जलाउनुको साथै अन्य फोहोर खाल्डो खनि पुरेको गुल्मपति केसिको भनाई छ । 

सो सेनाको टोलिले पाथिभरा देवि मन्दिर संरक्षण तथा संर्वधन समितीले उपलब्ध गराएको आठ वटा फोहोर फाल्ने डस्टविन काफ्ले पाटि देखि ठुलो फेदि सम्मको पदमार्गमा राख्नुको साथै पदमार्गको भत्किएको स्थानको समेत मर्मत गरेको गुल्मले बताएको छ । 

३ हजार ७ सय ९४ मिटरको उच्चामा रहेको पाथिभरा मन्दिरमा तिर्थयात्रिको चाप बढे सँगै फोहोर पनि बढ्ने भएकाले नेपाली सेनाले यो समयमा सरसफाई गर्दै आएको छ । 
 

 

Comments