• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • गरिवी निवारणका लागि उदयपुरमा सञ्चालित कार्यक्रम अपारदर्शी, खरीद गरिएका सामाग्री गुणस्तरहिन, उद्यमी बने आक्रोशित
  • १२ वर्षको प्रयास पछि बुटवलको पशुबधशाला सञ्चालन हुँदै, जनप्रतिनिधीको प्रयास सार्थक
  • आफूविरुद्ध महाभियोग प्रस्ताव नल्याउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह, महाभियोग लगाए देशकै अर्थतन्त्रमा धक्का पुग्ने चेतावनी
  • धरान उपमहानगरपालिकाले अवैज्ञानिक रुपमा कर बृद्धि गरेको प्रति कांग्रेस आन्दोलित
  • केहीदिनदेखि तनावग्रस्त बनेको कञ्चनपुरको अवस्था सुधारउन्मुख, बजार तथा यातायात आंसिकरुमा खुल्याे
बिजनेस
बरामद गरिएको करिब एक लाख २५ हजार रुपैयाँको पटका नष्ट
प्रकाशित मिति: आइतबार, कार्तिक १४, २०७३

चितवन १४ कात्तिक । चितवनमा प्रहरीले बरामद गरेको करिब एक लाख २५ हजार रुपैयाँ बराबरको पटका नष्ट गरेको छ ।

विभिन्न समयमा वडा प्रहरी नारायणगढले बरामद गरेको उक्त परिमाणको पटका आइतबार नष्ट गरिएको हो । वडा प्रहरी कार्यालय नारायणगढले स्थानीय नागरिक, पत्रकार र जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी प्रतिनिधिको रोहबरमा पटका नष्ट गरेको हो ।

तिहारलाई सौहार्द रुपमा सम्पन्न गराउने उद्देश्य सहित चितवनमा विशेष सुरक्षा योजना लागू गरिएको छ । वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापाका अनुसार वडाबाट खटिएको विशेष टोलीले शुक्रबार र आइतबार उत्तः पटका बरामद गरेको थियो ।

वीरगञ्ज काठमाडौँ चल्ने यात्रुबहाक बस र भारतबाट केरा ल्याएर आएको ट्रकबाट उक्त पटका बरामद गरिएको थापाले बताए ।

विशेष टोलीले नारायणगढको बेलचोक र मुग्लिङ नारायणगढ सडकको आँपटारीबाट उक्त परिमाणको पटका बरामद गरेको थापाको भनाइ छ ।

Comments