• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • गरिवी निवारणका लागि उदयपुरमा सञ्चालित कार्यक्रम अपारदर्शी, खरीद गरिएका सामाग्री गुणस्तरहिन, उद्यमी बने आक्रोशित
  • १२ वर्षको प्रयास पछि बुटवलको पशुबधशाला सञ्चालन हुँदै, जनप्रतिनिधीको प्रयास सार्थक
  • आफूविरुद्ध महाभियोग प्रस्ताव नल्याउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह, महाभियोग लगाए देशकै अर्थतन्त्रमा धक्का पुग्ने चेतावनी
  • धरान उपमहानगरपालिकाले अवैज्ञानिक रुपमा कर बृद्धि गरेको प्रति कांग्रेस आन्दोलित
  • केहीदिनदेखि तनावग्रस्त बनेको कञ्चनपुरको अवस्था सुधारउन्मुख, बजार तथा यातायात आंसिकरुमा खुल्याे
स्वास्थ्य
पूर्वाधार अभावमा क्यान्सर उपचार प्रभावित
प्रकाशित मिति: शनिबार, कार्तिक ६, २०७३

विराटनगर​, ६ कात्तिक । पूर्वाधार अभावमा विराटनगरको कोसी अञ्चल अस्पतालमा एक वर्ष अघि सुरु गरिएको क्यान्सर रोगको उपचार प्रभावित बनेको छ । 

पूर्वाञ्चलका बिरामीका अस्पतालले उपचार सुरु गरेको थियो । तर, पूर्वाधार अभावमा अहिले त्यो सेवा निरन्तर चलाउन निकै कठिन भएको चिकित्सकको भनाइ छ । 

रोग पत्ता लागिसकेका बिरामीका लागि केमो दिनेलगायतका सेवा अस्पतालले दिने गरेको थियो । यसका लागि चार वटा बेड पनि छुट्याइएको थियो । “तर, अब यो सेवा कसरी अघि बढाउने भन्ने चिन्ता भएको छ” क्यान्सर रोग विशेषज्ञ डा सौगात पौडेलले भन्नुभयो “समस्याका बाबजुत हामीले एक वर्षमा ३०० बिरामीलाई सेवा दिन सक्यौँ ।”

विराटनगरको कोसी अञ्चल अस्पतालमा दुई जना क्यान्सर रोग विशेषज्ञ डाक्टरले सेवा दिँदै आउनुभएको छ । तर, उपकरण र सोही अनुसारको दक्ष जनशक्ति नहुँदा बिरामीलाई चितवनको भरतपुर पठाउनु पर्ने बाध्यता छ । 

कोसी अञ्चल अस्पतालमा झापा, मोरङ, सुनसरी, सप्तरी, इलाम, धनकुटा, ताप्लेजुङलगायतका जिल्लाबाट क्यान्सरका बिरामी आउने गरेका छन् तर कोसी अञ्चल अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा रोशन पोखरेलले पूर्वाधार बनाउने योजना रहेको बताउनुभयो । उहाँले भन्नुभयो “बजेट माग गरेका छौँ आयो भने पूर्वाधार निमार्ण गर्न सकिन्छ ।

Comments