योग गरौं, निरोग रहौं मुल उदेश्यका साथ सुनसरी सदरमुकाम इनरुवामा शनिबार चार दिने योग शिक्षक पुनर्ताजगि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
पतञ्जली योग समिति सुनसरीको आयोजना र इनरुवा नगर समितिको संयोजनमा शिक्षक पुनर्ताजगि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कसरी योग गराउने, योगबाट हुने फाइदा, योग गराउदा के के कुरामा ध्यान दिने लगायतका बिषयमा जानकारी गराइएको आयोजक संस्थाका रमेश श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा पतञ्जली योग समितिका केन्द्रिय सदस्य लोकनाथ खनालले प्रशिक्षण दिएको कार्यक्रममा सहभागी पुरुषोतम घिमिरेले जानकारी दिनुभयो । कार्यक्रमको अन्तिम दिन आज विधि पूर्वक यज्ञ हवन गरेर कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ ।


