• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटाको ऐतिहासिक तल्लो टुडिखेल बन्यो आधुनिक र पुर्बाधारयुक्त देशकै नमुना बनाउने लक्ष्य
  • अर्जेन्टिनामा आर्थिक संकट चुलिदो—नियन्त्रणका लागि विद्यमान मन्त्रालयको संख्यामा आधा कटौति गरिने
  • प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने
  • गरिवी निवारणका लागि उदयपुरमा सञ्चालित कार्यक्रम अपारदर्शी, खरीद गरिएका सामाग्री गुणस्तरहिन, उद्यमी बने आक्रोशित
  • १२ वर्षको प्रयास पछि बुटवलको पशुबधशाला सञ्चालन हुँदै, जनप्रतिनिधीको प्रयास सार्थक
अन्तर्राष्ट्रिय
भागदौडमामा परि इथियोपियामा ५२ जनाको मृत्यु
प्रकाशित मिति: सोमबार, आश्विन १७, २०७३

एजेन्सी, असोज १७ । इथियोपियाको ओरोमिया क्षेत्रमा प्रदर्शनको क्रममा ५२ जनाको ज्यान गएको छ । घटनामा अन्य धेरै घाइते भएका छन् । धार्मिक पर्व चलिरहेको ठाउँमा भएको प्रदर्शनको क्रममा भागदौड हुँदा धेरैको ज्यान गएको हो ।

प्रदर्शनको क्रममा भएको भागदौडका कारण उनीहरुको ज्यान गएको र यसमा प्रदर्शनकारी नै जिम्मेवार रहेको प्रधानमन्त्री डेसालनले दाबी गर्नु भएको बिबिसीले जनाएको छ । प्रदर्शनकारीले उत्सव चलिरहेको ठाउँमा सरकारी सुरक्षाकर्मीले गोली चलाउँदा भागदौड भएको बताएका छन् । तर प्रधानमन्त्री डेसालनले भने सुरक्षाकर्मीले गोली नचलाएको दाबी गर्नुभएको छ ।

राजधानी एडिस अबाबाबाट ४० किलोमिटर पर रहेको बिशोफ्तु शहरमा भएको उत्सवमा सरकारी अधिकारीले भाषण गर्न थालेपछि प्रदर्शनकारीले त्यसको विरोध गरेका थिए । त्यसपछि सुरक्षाकर्मीले गोली चलाएको र अवस्था नियन्त्रण बाहिर गएको प्रत्यक्षेदर्शीले बताएका छन् ।

सरकारले ५२ जनाको ज्यान गएको भने पनि घटनामा एक सय ५० भन्दा धेरैको ज्यान गएको विपक्षीले बताएका छन् । यस्तै एक ओरोमो कार्यकर्ता जबर मोहम्मदले झण्डै तीन सय जनाको ज्यान गएको बताएको बिबिसीले उल्लेख गरेको छ ।

घटनास्थलमा रहेका सुरक्षाकर्मी र हेलिकप्टरमा रहेका सुरक्षाकर्मीले पनि गोली चलाएको मोहम्मदले बताउनुभयो । तर यसको स्वतन्त्र पुष्टि भने भएको छैन । अमेरिकाले आइतबार राति प्रदर्शनकारीमाथि सरकारी सुरक्षाकर्मीले बल प्रयोग गरेको भन्दै चिन्ता व्यक्त गरेको छ ।

Comments