• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • अस्पतालमा बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले दमक प्रहरीमा निवेदन
  • सप्तरीमा काँग्रेस १० वडा, एमाले ६ र नेपाल लोकतान्त्रिक फोरमल ४ वडामा बिजयी
  • बिर्तामोडमा अतिक्रमण गरि बनाइएका संरचना भत्काउन सुरु
  • मेक्सिकोमा शक्तिशाली भूकम्पमा परि २ सय ४८ जनाको मृत्यु , उद्धारकार्य जारी ।
  • आज स्वर सम्राट नारायण गोपालको ८० औं जन्म जयन्ती,बिभिन्न कार्यक्रम गरि मनाइदै
मोफसल समाचार
दमकको बाह्रघरेमा ५ कराेड रुपैयाँको लागतमा विज्ञान पार्क निमार्ण सुरु
प्रकाशित मिति: बुधबार, आश्विन ५, २०७३

दमक, असोज ५ । झापाको दमक नगरपालिका वडा नम्बर १९ मा विज्ञान तथा फनपार्क निर्माण हुने भएको छ । झापाको दमक १९ मा रहेको श्रीसिंहदेबी उच्च माविको २  विगाह क्षेत्रफलमा विज्ञान तथा फनपार्क  निर्माण हुन लागेको हो । पार्क निर्माणको पहिलो चरणमा घेराबाराको काम शुरु गरिएको छ ।

करिब ५ करोडको लागतमा निर्माण हुन लागेको पार्कको पहिलो चरण अन्तर्गत पर्यटन मन्त्रालयको १४ लाख २५ हजार र स्थानीयको ७ लाख ७५ गरि २२ लाख रुपैयाँबाट एक हजार फिट लामो घेराबारा गर्ने काम अन्तिम चरण पुगेको निर्माण समितिले जानकारी दिएको छ । पार्कमा प्रयोगशालाका साथै बाल उद्यान पनि निर्माण हुने जनाइएको छ । 

विज्ञान विषय अध्ययन गरिरहेका सो क्षेत्रका विद्यार्थीहरुका लागि व्यवहारिक तथा प्रयोगात्मक ज्ञान अभिबृद्धि गर्ने उदेश्यले विज्ञान तथा फनपार्क निर्माण कार्य शुरु गरिएको हो । विज्ञान प्रयोगशाला र अनुसन्धान केन्द्रको अभाब भइरहेको बेला निर्माणधिन विज्ञान विषयका विदयार्थीहरुका लागि महत्वपुर्ण हुने विद्यालयको अपेक्षा छ । 

Comments