• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटाको ऐतिहासिक तल्लो टुडिखेल बन्यो आधुनिक र पुर्बाधारयुक्त देशकै नमुना बनाउने लक्ष्य
  • अर्जेन्टिनामा आर्थिक संकट चुलिदो—नियन्त्रणका लागि विद्यमान मन्त्रालयको संख्यामा आधा कटौति गरिने
  • प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने
  • गरिवी निवारणका लागि उदयपुरमा सञ्चालित कार्यक्रम अपारदर्शी, खरीद गरिएका सामाग्री गुणस्तरहिन, उद्यमी बने आक्रोशित
  • १२ वर्षको प्रयास पछि बुटवलको पशुबधशाला सञ्चालन हुँदै, जनप्रतिनिधीको प्रयास सार्थक
अन्तर्राष्ट्रिय
बंगलादेशको एक उद्योगमा आगलागी हुँदा १५ जनाको मृत्यु
प्रकाशित मिति: शनिबार, भाद्र २५, २०७३

एजेन्सी / बंगलादेशको एक उद्योगमा आगलागी हुँदा १५ जनाको मृत्यु भएको छ ।  टोन्गी शहरमा रहेको एक उद्योगको भट्टी बिस्फोट हुँदा अन्य ७० जना घाइते भएका छन् ।

विस्फोट भएका बेला उद्योगमा झण्डै एक सय जना कार्यरत थिए । बिस्फोट लगतै चार तले उद्योग भवनमा आगलागी भएको हो । बंगलादेशमा कमजोर उद्योग सुरक्षा प्रणालीका कारण आगलागी हुने गरेको छ । गत वर्ष ढाकामा रहेको एक प्लाष्टिक उद्योगमा आगलागी हुँदा १३ जनाको ज्यान गएको थियो ।

सन् २०१३ मा ढाकामा रहेको एक व्यापारिक भवन भत्किँदा ११ सय ३५ जनाको ज्यान गएको थियो । यस्तै सन् २०१२ मा ढाकाको बाहिरी क्षेत्रमा रहेको उद्योगमा आगलागी हुँदा एक सय १२ जनाको ज्यान गएको थियो ।

Comments