दमक, भदौ २० । पूर्वपश्चिम राजमार्ग अन्र्तगत झापाको चियाबगान सडक खण्डमा भएको सवारी दुर्घटना २० जना घाइते भएका छन् । दिउँसो करिब १ बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ ख ३८१४ नम्बरको यात्रुवहाक वस र विपरित दिशाबाट आउँदै गरेको ना १ क १३१० नम्बरको मिनि ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
दुर्घटनामा घाइते भएका १८ जनाको स्थानीय लाइफ लाइन अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक राजन लिम्बुले जानकारी दिनुभयो । घाइते मध्ये दुई जनाको टाउकोमा चोट लागेकाले थप उपचारका लागि न्यूरो अस्पताल विराटनगर रेफर गरिएको लिम्बुले जानकारी दिनुभयो ।
यात्रुवसको अत्याधिक गतिकाकारण दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । दुर्घटना पछि पूर्वपश्चिम राजमार्ग २ घण्टा अवरुद्ध भएको थियो ।