• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटाको ऐतिहासिक तल्लो टुडिखेल बन्यो आधुनिक र पुर्बाधारयुक्त देशकै नमुना बनाउने लक्ष्य
  • अर्जेन्टिनामा आर्थिक संकट चुलिदो—नियन्त्रणका लागि विद्यमान मन्त्रालयको संख्यामा आधा कटौति गरिने
  • प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने
  • गरिवी निवारणका लागि उदयपुरमा सञ्चालित कार्यक्रम अपारदर्शी, खरीद गरिएका सामाग्री गुणस्तरहिन, उद्यमी बने आक्रोशित
  • १२ वर्षको प्रयास पछि बुटवलको पशुबधशाला सञ्चालन हुँदै, जनप्रतिनिधीको प्रयास सार्थक
अन्तर्राष्ट्रिय
भूकम्पमा परि ज्यान गुमाएको सम्झनामा इटालीमा एक दिने राष्ट्रिय शोकको घोषणा
प्रकाशित मिति: शनिबार, भाद्र ११, २०७३

एजेन्सी / भूकम्पमा परि ज्यान गुमाएको सम्झनामा इटालीमा एक दिने राष्ट्रिय शोकको घोषणा गरिएको छ । 
इटाली सरकारले भूकम्पमा ज्यान गुमाएकाको सम्झनामा आज एक दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । आज राष्ट्रिय झण्डा आधा झुकाइने छ ।

बुधबार बिहान गएको ६ दशमलव २ रेक्टर स्केलको भूकम्पमा परि अहिलेसम्म दुई सय ८१ जनाको मृत्यु भएको पुष्टि भएको समाचार संस्था रोयर्टसले जनाएको छ । यस्तै भूकम्पमा परि ज्यान गुएका झण्डै ४० जनाको सामूहिक अन्तिम संस्कार गरिएको छ ।

उद्धार तथा राहतको काम अझै पनि जारी छ । केही ठाउँमा भने जीवतको खोजी गर्ने क्रम रोकिएको छ । भूकम्पमा परि घाइते भएका तीन सय ८८ जनाको उपचार भइरहेको र त्यस मध्ये ४० जनाको अवस्था गम्भीर रहेको रोममा रहेको नागरिक सुरक्षा विभागले जनाएको छ ।

भूम्कप प्रभावित त्रिपाल तथा टेन्टमा बसिरहेका छन् । सरकारले भूकम्पले क्षति पुगेका सबै क्षेत्रको पुनर्निमाण गर्ने प्रतिबद्धता जनाएको छ । तर केही प्रभावितले भने सरकारको प्रतिबद्धता कार्यान्वयन नहुने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन् ।

Comments