• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटाको ऐतिहासिक तल्लो टुडिखेल बन्यो आधुनिक र पुर्बाधारयुक्त देशकै नमुना बनाउने लक्ष्य
  • अर्जेन्टिनामा आर्थिक संकट चुलिदो—नियन्त्रणका लागि विद्यमान मन्त्रालयको संख्यामा आधा कटौति गरिने
  • प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने
  • गरिवी निवारणका लागि उदयपुरमा सञ्चालित कार्यक्रम अपारदर्शी, खरीद गरिएका सामाग्री गुणस्तरहिन, उद्यमी बने आक्रोशित
  • १२ वर्षको प्रयास पछि बुटवलको पशुबधशाला सञ्चालन हुँदै, जनप्रतिनिधीको प्रयास सार्थक
अन्तर्राष्ट्रिय
अफगानिस्तानमा रहेको अमेरीकी विश्वविद्यालयमा आक्रमण, १३ जनाको मृत्यु
प्रकाशित मिति: बिहीबार, भाद्र ९, २०७३

एजेन्सी, भदौ ९ । अफगानिस्तानको काबुलस्थित एक अमेरीकी विश्वविद्यालयमा भएको आतंकवादी हमलामा १३ जनाको मृत्यु भएको छ । हतियारसहित विश्वविद्यालयमा प्रवेश गरेका बन्दुकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा सात विद्यार्थी, तीन सुरक्षाकर्मी र तीन सुरक्षा गार्डको मृत्यु भएको हो ।

सुरक्षा कारबाहीमा दुई बन्दुकधारीको पनि मृत्यु भएको हो । घटनामा ३५ जना विद्यार्थी र ९ सुरक्षाकर्मी घाइते भएका छन् । १७ सय विद्यार्थी अध्ययन गर्ने सो विश्वविद्यालयमा घटनाका बेला विद्यार्थी र कर्मचारी गरी ७ सय ५० जना थिए ।

बन्दुकधारीहरु विश्वविद्यालयमा प्रवेश गरी आक्रमण गर्न थालेपछि विश्वविद्यालयका विद्यार्थी तथा कर्मचारी कक्षा कोठामा लुकेर ज्यान जोगाएका थिए । बन्दुकधारीहरुले विश्वविद्यालयको कक्षा कोठामा दुई वटा ग्रिनेड प्रहार गरेकाले धेरै विद्यार्थी घाइते भएका हुन् । घटनाको जिम्मेवारी हालसम्म कसैले लिएको छैन । 

Comments