• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटाको ऐतिहासिक तल्लो टुडिखेल बन्यो आधुनिक र पुर्बाधारयुक्त देशकै नमुना बनाउने लक्ष्य
  • अर्जेन्टिनामा आर्थिक संकट चुलिदो—नियन्त्रणका लागि विद्यमान मन्त्रालयको संख्यामा आधा कटौति गरिने
  • प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने
  • गरिवी निवारणका लागि उदयपुरमा सञ्चालित कार्यक्रम अपारदर्शी, खरीद गरिएका सामाग्री गुणस्तरहिन, उद्यमी बने आक्रोशित
  • १२ वर्षको प्रयास पछि बुटवलको पशुबधशाला सञ्चालन हुँदै, जनप्रतिनिधीको प्रयास सार्थक
अन्तर्राष्ट्रिय
म्यानमारमा भूकम्प, नेपालको पूर्वी भेगमा पनि धक्का महसुस
प्रकाशित मिति: बुधबार, भाद्र ८, २०७३

एजेन्सी, भदौ ८ । बुधबार दिउँसो म्यानमारमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भुगर्व केन्द्रको मापन अनुसार ६.८  रेक्टर स्केलको भूकम्पको धक्का नेपालसम्म आइपुगेको थियो । दिउँसो ४ बजेर १८ मिनेटमा गएको भूकम्पको प्रभाव भारतको गुहावटी, कोलकत्ता, राची र पटना तथा नेपालको पूर्वी भेगमा समेत महसुस गरिएको छ ।

१२ घन्टाको अन्तरमा म्यानमारमा महसुस गरिएको ६ रेक्टर स्केलभन्दा बढी क्षमताको यो दोस्रो भूकम्प हो । करिब १० सेकेण्डसम्म आएको भूकम्पले कोलकोत्ता र गुहाटीका स्थानीय घर छोडेर बाहिर निस्किएका थिए ।

Comments