• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटाको ऐतिहासिक तल्लो टुडिखेल बन्यो आधुनिक र पुर्बाधारयुक्त देशकै नमुना बनाउने लक्ष्य
  • अर्जेन्टिनामा आर्थिक संकट चुलिदो—नियन्त्रणका लागि विद्यमान मन्त्रालयको संख्यामा आधा कटौति गरिने
  • प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने
  • गरिवी निवारणका लागि उदयपुरमा सञ्चालित कार्यक्रम अपारदर्शी, खरीद गरिएका सामाग्री गुणस्तरहिन, उद्यमी बने आक्रोशित
  • १२ वर्षको प्रयास पछि बुटवलको पशुबधशाला सञ्चालन हुँदै, जनप्रतिनिधीको प्रयास सार्थक
अन्तर्राष्ट्रिय
इटालीमा भूकम्पमा परी कम्तिमा ६ जनाको मृत्यु
प्रकाशित मिति: बुधबार, भाद्र ८, २०७३

एजेन्सी, भदौ ८ । इटालीमा गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ६ जनाको मृत्यु भएको छ । राजधानी रोमनजिक रहेको पेरुगिए शहरको दक्षिणी क्षेत्रलाई केन्द्रविन्दु बनाएर ६ दशमलव २ म्याग्नेच्युटको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजीएस)ले जनाएको छ ।

भूकम्पमा परी अहिलेसम्म ६ जनाको मृत्यु भएको पुष्टि भएको छ भने धेरै जना भग्नावशेषमा पुरिएको आशंका गरिएको छ । मध्य इटालीमा घरहरु भत्किएको त्यहाँका सरकारी अधिकारीहरुले बताएका छन् ।

अमाट्रिसे शहरका मेयरका अनुसार शहरको आधा भाग पूर्णरुपमा ध्वस्त भएको छ । स्थानीय समय अनुसार राति ३ः३० मा भूकम्प गएका कारण घर भत्किदा कयौं पुरिएको आशंका गरिएको छ । उद्धारकर्मीहरु उद्धार कार्यमा जुटिरहेको बिसिीले जनाएको छ ।

Comments