काठमाण्डौ, साउन २५ । दीपकराज गिरी र दीपाश्री निरौलाको तेस्रो चलचित्र ‘छक्का पञ्जा’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाण्डौको कुमारी हलमा मंगलबार एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको टेलर बीच ट्रेलर सार्वजनिक गरिएको हो । टेलर सार्वजानिक कार्यक्रममा चलचित्रका सबै कलाकार साथै नेपाली चलचित्र क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपाली चलचित्रमा योगदान दिएका निर्देशकहरू दिनेश डिसी र कुशल घिमिरेलाई सम्मान समेत गरियो । हाँस्यप्रधान चलचित्र ‘छक्का पञ्जा’ आउँदो भदौ २४ गतेदेखि नेपालभरका विभिन्न हलहरुबाट एक साथ प्रदर्शनमा आउँदैछ । अधिकासं हाँस्यकलाकारहरुले अभिनित चलचित्रमा दीपक, नायिका प्रियंका कार्की, केदार घिमिरे , शिवहरि पौडेल, बुद्धि तामाङ लगायतले अभिनय गरेका छन् ।

