दमक, साउन २५ । हङकङमा रहेका गाएक चन्द्र अन्छ्ङबोको पूर्वै जाने हो... बोलको गितको म्यूजिक भिडियो रिलिज भएको छ १८ वर्षदेखि हङकङमा बस्दै आएका ताप्लेजुङका चन्द्रले यसै साता म्यूजिक भिडियो रुवुसा क्रिएटिभ वकर्स साथै विभिन्न टेलिभिजन बाट सार्वजनिक गरेका हुन् ।कमन ध्वज लावतीको शब्द, साक्थिम योङयाको संगित रहेको गित पूर्वेलि भाकामा रहेको छ ।

भूपेन्द्र तुम्वाहाम्फेको छाँयाङकन रहेको भिडियो अर्जुन पोख्रेलले सम्पादन गरेका हुन् । भिडियोमा राजन मिभक र संगिता लिम्बुले अभिनय गरेका छन् । भिडियोको युदिन सम्वाहाम्फेले निर्देशन गरेका हुन् । केहि समयपछि एल्बमनै निकाल्ने तयारीमा रहेका उनले अन्य गितपनि रेकर्डिङ भैरहेको बताए ।

