• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटाको ऐतिहासिक तल्लो टुडिखेल बन्यो आधुनिक र पुर्बाधारयुक्त देशकै नमुना बनाउने लक्ष्य
  • अर्जेन्टिनामा आर्थिक संकट चुलिदो—नियन्त्रणका लागि विद्यमान मन्त्रालयको संख्यामा आधा कटौति गरिने
  • प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने
  • गरिवी निवारणका लागि उदयपुरमा सञ्चालित कार्यक्रम अपारदर्शी, खरीद गरिएका सामाग्री गुणस्तरहिन, उद्यमी बने आक्रोशित
  • १२ वर्षको प्रयास पछि बुटवलको पशुबधशाला सञ्चालन हुँदै, जनप्रतिनिधीको प्रयास सार्थक
खेलकुद
लिभुरपुलसँग बार्सिलानोको लज्जास्पद हार
प्रकाशित मिति: आइतबार, साउन २३, २०७३

साउन २३ – शनिबार राति भएको मैत्रिपूर्ण खेलमा स्पेनिस च्याम्पियन बार्सिलोना इंग्लिस क्लब लिभरपुलसँग पराजित भएको छ । लण्डनमा भएको खेलमा  बार्सिलोना लिभरपुलसँग ४–० को फराकिलो गोल अन्तरले पराजित भएको हो ।

प्रिसिजन टुर भएपनि बार्सिलोनको टिममा स्टार स्ट्राइकर लियानल मेस्सी र लुइस स्वारेज थिए । तर उनीहरुले बार्सिलोनालाई हारबाट जोगाउन सकेनन् । लिभरपुलको जितमा साडिओ माने, डिभोक ओरिजी र मार्को ग्रुजिकले समान एक एक गोल गरे ।

एक गोल भने बार्सिलोनाका जाभिएर मास्चेरानोले आत्मघाती गोल गरेका थिए । खेलमा मानेले लिभरपुलबाट पहिलो गोल गरे । उनी यही सिजन साउथह्यामप्टनबाट ३४ मिलियन पाउण्डमा लिभरपुल आएका हुन् । 

Comments