दमक, साउन २१ । नेपाली तारा एक दिपक लिम्बुको नयाँ गित ‘मैले काहा सोच्न सक्छुर तिमी बिनाको जिवन...’ को म्युजिक भिडियो यसै साता रिलिज हुने भएको छ । ‘अभ्यास’ एल्वममा रहेको गितमा शब्द सुनिता जबेगु, संगित भक्त सुनुवारको रहेको छ ।

दिनेश माङ्मुको निर्देशनमा बनेको म्यूजिक भिडियो भुपेन्द्र तुम्बाहाम्फेले छाँयाङक गरेका हुन् । भिडियोमा कपिल लिम्बु र सुनिता लिम्बुले अभिनय गरेका छन् । भिडियो सुनसरी, मोरङ र झापामा छाँयाङन गरिएको निर्देशक माङ्मुले जानकारी दिए ।

