• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटाको ऐतिहासिक तल्लो टुडिखेल बन्यो आधुनिक र पुर्बाधारयुक्त देशकै नमुना बनाउने लक्ष्य
  • अर्जेन्टिनामा आर्थिक संकट चुलिदो—नियन्त्रणका लागि विद्यमान मन्त्रालयको संख्यामा आधा कटौति गरिने
  • प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने
  • गरिवी निवारणका लागि उदयपुरमा सञ्चालित कार्यक्रम अपारदर्शी, खरीद गरिएका सामाग्री गुणस्तरहिन, उद्यमी बने आक्रोशित
  • १२ वर्षको प्रयास पछि बुटवलको पशुबधशाला सञ्चालन हुँदै, जनप्रतिनिधीको प्रयास सार्थक
खेलकुद
ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा पोर्चुगलको जित, मेक्सिको र जर्मनी बराबरी
प्रकाशित मिति: शुक्रबार, साउन २१, २०७३

साउन २१ – रियो ओलम्पिक अन्तर्गत पुरुष फुटवलमा पोर्चुगलले विजयी भएको छ । समूह डि अन्तर्गत बिहीबार राति भएको खेलमा पोर्चुगलले अर्जेन्टिनालाई २–० ले पराजित गरेको हो । यो नै ओलम्पिकमा पुरुष फुटवलको पहिलो जित हो । 

पहिलो हाफ गोलरहित रहेपनि दोश्रो हाफको सुरुवातमैपोर्चुगलका स्ट्राइकर गोनालो पेकिनले गाले गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । अर्जेन्टिनाका गोल रक्षकको गल्ती गर्दा गोल भएपछि पोर्चुगलले खेल २–० गोल अन्तरले जित्यो । 

त्यस्तै बिहीबार रातिनै भएको खेलमा मेक्सिको र जर्मनीले २–२ गोलको बराबरी खेलेका छन् । समुह सी अन्तर्गतको खेलमा मेक्सिकोका लागि ओरविल पेर्टलले गोल गर्दै अग्रता दिलाएका थिए ।  तर जर्मनका लागि आर्सनलका मिडफिल्डर सर्जियो ग्रन्वीले  गोल गर्दै खेल बराबरीमा ल्याए ।  

रोडोल्फ पिजाराले उत्कृष्ट गोल गर्दै फेरि मेक्सिकोलाई २–१ को अग्रता दिलाए । तर माथिस गिन्टरले हेड मार्फत गोल गर्दै जर्मनलाई बराबरीमा ल्याएका थिए । 

Comments