• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटाको ऐतिहासिक तल्लो टुडिखेल बन्यो आधुनिक र पुर्बाधारयुक्त देशकै नमुना बनाउने लक्ष्य
  • अर्जेन्टिनामा आर्थिक संकट चुलिदो—नियन्त्रणका लागि विद्यमान मन्त्रालयको संख्यामा आधा कटौति गरिने
  • प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने
  • गरिवी निवारणका लागि उदयपुरमा सञ्चालित कार्यक्रम अपारदर्शी, खरीद गरिएका सामाग्री गुणस्तरहिन, उद्यमी बने आक्रोशित
  • १२ वर्षको प्रयास पछि बुटवलको पशुबधशाला सञ्चालन हुँदै, जनप्रतिनिधीको प्रयास सार्थक
खेलकुद
रियो ओलम्पिक आजबाट ब्राजिलमा सुरु, पहिलो दिन नेपालले आर्चरीमा प्रतिस्पर्धा गर्दै
प्रकाशित मिति: शुक्रबार, साउन २१, २०७३

एजेन्सी, साउन २१ । विश्व खेलकुदको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता रियो ओलम्पिकको ब्राजिलमा आज उद्घाटन हुँदैछ । नेपाली समय अनुसार भने शनिबार बिहान पौने ५ बजे मात्र उद्घाटन हुनेछ । प्रतियोगिता ब्राजिलको रियी दि जेनेरियोमा हुनेछ । प्रतियोगिताको पहिलो दिन नेपालबाट आर्चरीका  जितबहादुर मुक्तानले प्रतिस्पर्धा गर्नेछन् । आर्चरी खेल बेलुकी पौने ६ बजेदेखि हुनेछ ।

रियो ओलम्पिकमा पौडी प्रतियोगिता अन्तर्गत आइतबार एक सय मिटर ब्याकस्ट्रोकमा महिलातर्फ नेपालकी गौरिका सिंहले  प्रतिस्पर्धा गर्नेछिन् । उनी ओलम्पिक प्रतियोगितामा भाग लिने सबैभन्दा कान्छी खेलाडी हुन् । यस्तै प्रतियोगितामा नेपालकातर्फबाट तेक्वान्दोमा निशा रावल, पौडी प्रतियोगिताको पुरुषतर्फ शिरीष गुरुङ, एथलेट्किसका हरिकुमार रिमाल र सरस्वती भट्टराईले खेल्नेछन् ।

 प्रतियोगितामा नेपालसहित दुई सय सात राष्ट्रका  १० हजार ५ सय खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन् । रियो ओलम्पिकको उद्घाटन समारोहमा नेपाली राष्ट्रिय झण्डा १२ औँ एशियाली खेलकुदमा स्वर्णपदक विजेता फुपूल्हामु खत्रीले बोक्नेछिन् । प्रतियोगितामा नेपालका उनी सहित सात नेपाली खेलाडीले प्रतिस्पर्धा गर्न लागेका छन् ।

रियो ओलम्पिकको शुक्रबार राति उद्घाटन हुने भए पनि फुटबलका खेल भने सुरु भइसकेको  छ । पुरुष फुटबल बिहीबारदेखि सुरु भएको हो भने महिला फुटबल  ओलम्पिक उद्घाटन हुनु २ दिन अघि नै सुरु भएको हो ।

रियो प्रतियोगिताको सुरक्षाका लागि ८५ हजार जना सुरक्षाकर्मी खटिएका छन् । प्रतियोगिता हेर्न बाहिरी देशका ५ लाख मानिस प्रतियोगिता स्थल पुग्ने अनुमान गरिएको छ ।  ओलम्पिकका लागि ७ करोड ५० लाख टिकटको व्यवस्था गरिएको छ । 

Comments