• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटाको ऐतिहासिक तल्लो टुडिखेल बन्यो आधुनिक र पुर्बाधारयुक्त देशकै नमुना बनाउने लक्ष्य
  • अर्जेन्टिनामा आर्थिक संकट चुलिदो—नियन्त्रणका लागि विद्यमान मन्त्रालयको संख्यामा आधा कटौति गरिने
  • प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने
  • गरिवी निवारणका लागि उदयपुरमा सञ्चालित कार्यक्रम अपारदर्शी, खरीद गरिएका सामाग्री गुणस्तरहिन, उद्यमी बने आक्रोशित
  • १२ वर्षको प्रयास पछि बुटवलको पशुबधशाला सञ्चालन हुँदै, जनप्रतिनिधीको प्रयास सार्थक
खेलकुद
पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजानिक
प्रकाशित मिति: मंगलबार, साउन १८, २०७३

ताप्लेजुङ, साउन १८ । ताप्लेजुङ सदरमुकाममा यही साउन २८ गते देखि हुने पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजानिक गरीएको छ । आयोजक लाखेजात्रा खेल सञ्चालन समिति ताप्लेजुङले भारतको एक टिम सहित आठ टिम सहभागि हुने प्रतियोगिताको खेल तालिका मंगलबार सार्वजानिक गरेको हो । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारा सहित आयोजना हुन लागेको प्रतियोगितामा महिला तर्फ पनि चार टिम विच प्रतिस्पर्धा हुने आयोजकका अध्यक्ष युगराज गुरुङले बताउनुभयो । 

प्रतियोगिामा पुरुष तर्फ संघर्ष स्पोटिङ्ग क्लव ताप्लेजुङ, दिपेन्द्र शिखर फुटबल क्लव फिक्कल ईलाम, फिदिम स्पोर्टिङ्ग क्लव पाँचथर, पथरी स्पोर्टिङ्ग क्लव मोरङ, ईलाम ११ जिल्ला फुटबल संघ ईलाम, सुनसरी ११ जिल्ला फुटबल संघ, रोयल फुटबल क्लव सिलीगुढी भारत र गोर्खा स्र्पोटिङ्ग क्लव दमकको सहभागिता रहने छ । त्यस्तै महिला तर्फ झापा ११, मोरङ ११, रोयल फुटबल क्लव सिलिगुढी र ताप्लेजुङ ११ विच प्रतिस्पर्धा हुने छ । पुरुष तर्फको विजेताले १ लाख ५१ हजार १ सय ११ रुपैयाँ नगद सहित तिन वर्षे च्यालेन्ज रनिङ्ग कप, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेताले नगद १ लाख ११ हजार १ सय ११ रुपैँया सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । 

च्यालेन्ज रनिङ्ग कप २ किलो चाँदी र दुई तोला सुन मिसाएर बनाईएको आयोजकले जनाएको छ  । यता महिला तर्फको विजेताले नगद ५१ हजार १ सय ११ रुपैयाँ नगद सहित ट्रफी मेडल र प्रमाण, उपविजेताले नगद ३१ हजार १ सय ११ सहित मेडल र प्रमाण पत्र पाउने जनाईएको छ । लाखे जात्राका अवशरमा हरेक वर्ष खेलाईदै आएको  यस प्रतियोगिता पछिल्लो समय विदेशी टिमले समेत सहभागिता जनाउन थाले पछि सवैको आकर्षण बढ्न थालेको आयोजकको दावी छ । 

Comments