साउन १८ । इसाइ धर्मका अन्तर्गत क्याथोलिक चर्चका सर्वोच्च धर्म गुरु पोप फ्रान्सिसले बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सी विश्वकै उत्कृष्ट फुटबलर रहेको बताएका छन् । विश्व युवा दिवसका लागि पोल्याण्ड गएका पोप फ्रान्सिसलाई बालबालिकाले ‘पेले र म्याराडोनामा को उत्कृष्ट ?’ भनेर सोध्दा उनले भने ‘मेरा लागि मेस्सी उत्कृष्ट हुन् ।’

तर मेस्सी किन उत्कृष्ट रहेको भन्ने कुरा भने उनले नबताएको फक्स स्पोर्टसले जनाएको छ । अहिले विश्वभरी नै क्रिष्टियानो रोनाल्डो र मेस्सीमा को उत्कृष्ट भन्ने वहस चलिरहेका बेला क्याथोलिक धर्म गुरुले पेले र म्याराडोनालाई पनि छोडेर मेस्सीको नाम लिएपछि मेस्सिका समर्थक खुशी भएका छन् ।



