काठमाण्डौं, साउन १६ । ब्राजिलको रियो दी जेनेरियोमा शुक्रबारबाट सुरु हुने गृष्मकालिन ओलम्पिक खेलकुदमा सहभागी हुन नेपाली जुडो टोली त्यसतर्फ प्रस्थान गर्दैछ । टोली आइतबार साँझ त्यसतर्फ प्रस्थान गर्ने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।
टोलीमा जुडोकी फुपुल्हामु खत्रीसहित प्रशिक्षक र अफिसियल रहनेछन् । रियो ओलम्पिकमा नेपालले जुडो, तेक्बान्दो, आर्चरी, पौडी र एथलेटिक्समा गरी ७ बिधामा प्रतिस्पर्धा गर्नेछ । अन्य खेलमा सहभागी हुने खेलाडीहरु पनि क्रमश त्यसतर्फ जाने राष्ट्रिय खेलकुद परीषदले जनाएको छ ।
यसअघि सेभ द मिसनको रुपमा राखेप सदस्य सचिब केशबकुमार बिष्ट र एनओसीका कार्यकारी सचिब सुजनलाल श्रेष्ठको टोली गएराती ब्राजिल प्रस्थान गरेको थियो । रियो ओलम्पिकमा २ सय ७ राष्ट्रका १० हजार ५ सय खेलाडीले सहभागीता जनाउनेछन् ।


