• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • गरिवी निवारणका लागि उदयपुरमा सञ्चालित कार्यक्रम अपारदर्शी, खरीद गरिएका सामाग्री गुणस्तरहिन, उद्यमी बने आक्रोशित
  • १२ वर्षको प्रयास पछि बुटवलको पशुबधशाला सञ्चालन हुँदै, जनप्रतिनिधीको प्रयास सार्थक
  • आफूविरुद्ध महाभियोग प्रस्ताव नल्याउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह, महाभियोग लगाए देशकै अर्थतन्त्रमा धक्का पुग्ने चेतावनी
  • धरान उपमहानगरपालिकाले अवैज्ञानिक रुपमा कर बृद्धि गरेको प्रति कांग्रेस आन्दोलित
  • केहीदिनदेखि तनावग्रस्त बनेको कञ्चनपुरको अवस्था सुधारउन्मुख, बजार तथा यातायात आंसिकरुमा खुल्याे
चलचित्र निर्देशक समाजमा सुचित्रा श्रेष्ठ
सन्तोष गजमेर (भाञ्जा) प्रकाशित मिति: आइतबार, साउन १६, २०७३

काठमाण्डौं । नेपाल चलचित्र निर्देशक समाजको अध्यक्ष पदमा सुचित्रा श्रेष्ठ निर्वाचित भएकी छिन । नेपालकी पहिलो महिला निर्देशक सुचित्राले घाईते, प्रेम युद्ध, खै को कस्को लगायतका चलचित्रहरु निर्देशन गरेकी छिन । 
चलचित्र विकास वोर्डको हलमा सम्पन्न समाजको ११ औं साधारणसभामा उनी चलचित्र निर्देशक समाजको आगामी ३ बर्षे कार्यकालका लागि विजयी भएकी हुन् । 
शनिवार भएको निर्वाचनमा राजु केसीलाई पछि पार्दै समाजको अध्यक्ष पदमा सुचित्रा विजयी भईन् । सुचित्राको पक्षमा ६९ मत परेको थियो भने केसीको पक्षमा ३४ मत पर्याे । 
यस्तै समाजको उपाध्यक्ष पदमा रक्षासिंह राणा र दिपक खाँड विजयी भएका छन् । रक्षाले सर्वाधिक ८३ मत प्राप्त गरिन् भने दिपकले ४९ ल्याए ।
 दुई उपाध्यक्षको लागी तीन जनाको उमेद्वारी परेकोमा प्रमोद भण्डारी ४० मत सहित तीन नम्बरमा परे । यस्तै सचिव पदमा शेखर खनाल विजयी भएका छन् । 
उनले ५० मत ल्याए भने प्रत्यासी जनकद्विप पराजुलीले ४८ मत ल्याउँदै २ मतले पछि परे । कोषाध्यक्ष पदमा विश्वमणी घिमिरे आएका छन् । 
उनले प्रतिद्वन्दी समिर बलामीलाई ४० मतले पछि पारे । घिमिरेको पक्षमा ६९ र वलामीको पक्षमा २९ मत पर्याे । त्यस्तै सहकोषाध्यक्ष पदमा राजु अधिकारी ४७ मतसहित विजयी भएका छन् । 
यस्तै सदस्यहरुमा अरुणकुमार प्रधान, समुन्द्र भट्ट, अजित अधिकारी, शानु शाक्य, रञ्जित राना र आरविके शरद विजयी भए ।
 महा सचिवमा भने गोपालचन्द्र लामिछाने यसअघि नै निर्विरोध चयन भईसकेका छन् । १३८ जना निर्देशकले मताधिकार पाएकोमा जम्मा १०३ मत मात्र खसेको थियो । 


 

Comments