• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • गरिवी निवारणका लागि उदयपुरमा सञ्चालित कार्यक्रम अपारदर्शी, खरीद गरिएका सामाग्री गुणस्तरहिन, उद्यमी बने आक्रोशित
  • १२ वर्षको प्रयास पछि बुटवलको पशुबधशाला सञ्चालन हुँदै, जनप्रतिनिधीको प्रयास सार्थक
  • आफूविरुद्ध महाभियोग प्रस्ताव नल्याउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह, महाभियोग लगाए देशकै अर्थतन्त्रमा धक्का पुग्ने चेतावनी
  • धरान उपमहानगरपालिकाले अवैज्ञानिक रुपमा कर बृद्धि गरेको प्रति कांग्रेस आन्दोलित
  • केहीदिनदेखि तनावग्रस्त बनेको कञ्चनपुरको अवस्था सुधारउन्मुख, बजार तथा यातायात आंसिकरुमा खुल्याे
साउन १४ मा गुडलक र संजोग रिलिज
प्रकाशित मिति: शुक्रबार, साउन १४, २०७३

साउन १४   यससाता फ्राइडे रिलिजमा गुडलक र संजोग प्रदर्शनमा आएका छन । गुडलक कमेडी धारमा निर्माण भएको हो भने संजोग एक्सन प्रधान चलचत्रि हो ।

 चलचित्रको ब्यापार कस्तो रहला त्यो भने कहि दिनमा थाहा हुनेछ

पुरानी अभिनेत्री सृजना बस्नेतले निर्देशन गरेको पहिलो चलचित्र हो, गुड लक । कमेडी धारमा निर्माण भएको चलचित्रलाई लगानी पनि उनैले गरेकी हुन ।

सृजनासंगै नवराज श्रेष्ठ, रविन्द्र खड्का, रस्मि भट्ट लगायतका कलाकार मुख्य भुमिकामा रहेको चलचित्र साउन १४ अर्थात शुक्रवारबाट प्रदर्शनमा आएको हो ।

 मुस्कान इन्टरटेण्टमेण्टको ब्यानरमा निर्माण भएका चलचित्रमा रामेश्वर कार्कीको छायांकन, चेतन सापकोटाको संगीत, कबिराज गहतराज र शंकर बिसीको नत्य निर्देशन र कुमार महर्जनको द्धन्द देख्न सकिन्छ ।

यस्तै यस हप्ताबाट प्रदर्शनमा आएको अर्को चलचित्र हो, संजोग । एक्सन प्रधान चलचित्र संजोगमा सबिन श्रेष्ठ, सुष्मा कार्की र प्रज्वल गिरीको मुख्य भुमीका रहेको छ ।

उमेश उप्रेती र रोशन उप्रेतीले लगानी गरेको चलचित्रलाई बेदप्रसाद भुर्तेलले निर्देशन गरका हुन । युजेश फिल्म्सको ब्यानरमा बनेको चलचित्रमा एक्सन सगै मायाप्रेमको भावलाई समेत उठान गरिएको छ ।

Comments