
प्राय पुर्वबाट निम्तो आईरहने निर्देशक युगल पोमोले धरानको रमणिय स्थानहरुलाई कैद गर्दै गायीका सुनिता लिम्बु सम्सोहाङको ए बहार बोलको गीतको म्युजिक भिडियो निर्देशन गरेका छन् । डा. नबराज सुब्बाको शब्द अनि साजन राईको संगीत रहेको उक्त गीत निकै कर्णप्रिय भएको निर्माण पक्षले दाबी गरेका छन् ।

यसै भिडियो मार्फत शारदा राई र मुस्कान लिम्बुले अभिनय यात्रा सुरु गरेका छन् । भिडियोलाई पूर्वाञ्चलकै प्रशिद्ध छायांकार भुपेन्द्र तुम्वाहान्फेले खिचेका छन् भने मुन्धुम बुटिकको आकर्षक पोसाकहरुमा मोडलहरु सजिएका छन् । हाल निशान घिमिरेले सम्पादन गरिरहेको उक्त भिडियो केही दिनमै सार्वजनिक गरिने बताईएको छ । भिडियोमा सोम मगरातीको श्रृंगार रहेको छ ।

