• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटाको ऐतिहासिक तल्लो टुडिखेल बन्यो आधुनिक र पुर्बाधारयुक्त देशकै नमुना बनाउने लक्ष्य
  • अर्जेन्टिनामा आर्थिक संकट चुलिदो—नियन्त्रणका लागि विद्यमान मन्त्रालयको संख्यामा आधा कटौति गरिने
  • प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने
  • गरिवी निवारणका लागि उदयपुरमा सञ्चालित कार्यक्रम अपारदर्शी, खरीद गरिएका सामाग्री गुणस्तरहिन, उद्यमी बने आक्रोशित
  • १२ वर्षको प्रयास पछि बुटवलको पशुबधशाला सञ्चालन हुँदै, जनप्रतिनिधीको प्रयास सार्थक
खेलकुद
नेपालद्धारा विश्वकै पुरानो क्रिकेट क्लब पराजित
प्रकाशित मिति: बुधबार, साउन ५, २०७३

नेपालले विश्वकै पुरानो मेरिलिबोन क्रिकेट क्लब एमसिसीलाई पराजित गरेको छ ।  लड्र्समा भएको आफ्नो पहिलो खेलमा नेपाली टोलीले बेलायती क्लब एमसिसीलाइ ४१ रनले हराएको हो ।

नेपालले प्रस्तुत गरेको दुई १८ रनको लक्ष्य पछ्याएको एमसिसी ४७ दशमलव २ ओभरमा एक सय ७६ रन बनाउँदा अलआउट भयो । एमएमसीका ओपनर जर्ज एडरले एक सय रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् ।

नेपालका बसन्त रेग्मीले ३७ रन दिएर तीन तथा सागर पुनले ३५ रन खर्चेर तीन विकेट लिए । यस्तै सोमपाल कामीले ३३ रन दिएर दुई विकेट लिए । नेपाल र बेलायतबिच मैत्रिपूर्ण सम्बन्ध स्थापना भएको दुई सय वर्ष पुगेको अवसरमा भएको खेल हेर्न लड्र्स मैदानमा झण्डै पाच हजार नेपाली दर्शक पुगेका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर दुई सय १७ रन बनायो । क्रिकेटको मक्का मानिने लड्र्स मैदानमा भएको खेलमा नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ३९ रनको योगदान गरे ।

त्यस्तै पारस खड्काले ३०, शरद भेषवाकारले २७, सागर पुनले २६ रनको योगदान गरेका छन् । बसन्त रेग्मीले २४, राजु रिजालले २४, सोमपाल कामीले २० रनको योगदान गरे ।

Comments