• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटाको ऐतिहासिक तल्लो टुडिखेल बन्यो आधुनिक र पुर्बाधारयुक्त देशकै नमुना बनाउने लक्ष्य
  • अर्जेन्टिनामा आर्थिक संकट चुलिदो—नियन्त्रणका लागि विद्यमान मन्त्रालयको संख्यामा आधा कटौति गरिने
  • प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने
  • गरिवी निवारणका लागि उदयपुरमा सञ्चालित कार्यक्रम अपारदर्शी, खरीद गरिएका सामाग्री गुणस्तरहिन, उद्यमी बने आक्रोशित
  • १२ वर्षको प्रयास पछि बुटवलको पशुबधशाला सञ्चालन हुँदै, जनप्रतिनिधीको प्रयास सार्थक
अन्तर्राष्ट्रिय
फ्रान्समा ट्रक आक्रमणमा परि मृत्यु हुनेको संख्या ८४ पुग्यो
प्रकाशित मिति: शुक्रबार, आषाढ ३१, २०७३

एजेन्सी  फ्रान्सको दक्षिण शहर निसमा उत्सव मनाइरहेको एक भिडमा ट्रक गुड्दा मृत्यु हुनेको संख्या ८४ पुगेको छ ।  फ्रान्सेली क्रान्तिको दिन बास्टिल डे मनाइ रहेको बेला तीव्र गतिमा एउटा ट्रक भीडमा छिरेपछि ट्रकले किचेर ८४ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ ।

स्थानीय प्रहरीले ट्रक चालकको गोली प्रहार गरी हत्या गरेका छन् ।  चालकको साथमा बन्दुक र ग्रिनेट फेला परेको प्रहरीले जनाएको छ । फ्रान्सका गृह मन्त्रीले भने अहिलेसम्म ८० जनाको मृत्यु भएको र १८ जना गम्भिर घाइते रहेको बताएका छन् ।

चालकसँग ट्युनिसिया र फ्रान्सको गरी दुई वटा नागरिकता रहको पाइएको छ । घटना आतंकवादी संगठन आइएसले गराएको हुन सक्ने अन्तराष्ट्रि सञ्चार माध्यमले जनाएका छन् 
 

Comments