पथरी २८ असार । गोपी क्रियसनको व्यानरमा छोटो चलचित्र ‘फिरौती’ निर्माण हुनेभएको छ । सोमबार मोरङको पथरीशनिश्चरे–१ मन्दिर लाइनमा सो चलचित्रको शुभमुहर्त गरियो । विद्यालयका विद्यार्थीहरु विभिन्न कारणले अपहरणमा पर्ने गरेको कुरालाई उक्त चलचित्रले उजागार गर्ने बताइएको छ ।
कार्यक्रममा प्रमुख अतिथि रहेका प्रताप तामाङले नरिवल फुटाउनुका साथै चलचित्रका कलाकारहरुले ‘डाइलग’ बोलेर शुभमुहर्त गरिएको थियो । २० मिनेटको सो चलचित्रको पथरी लगायत पूर्वका विभिन्न स्थानहरुमा छायांकन गरिने चलचित्रका नायक मनोज घतानीले जानकारी दिनुभयो ।
कथा / निर्देशन निर्दाेष कोइराला, छायांकन देव चौधरी, निर्माता रेगबहादुर घतानी र सल्लाहकारहरु नरेश घतानी, मुक्ति गदाल रहेका छन् ।
उक्त चलचित्रमा मनोज घतानी, उमा घतानी, माया कोइराला, शुक्र सक्कल लिम्बू, हेम्रेन, रोशन हाङबाङ लगायतको अभिनय रहनेछ ।

