• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटाको ऐतिहासिक तल्लो टुडिखेल बन्यो आधुनिक र पुर्बाधारयुक्त देशकै नमुना बनाउने लक्ष्य
  • अर्जेन्टिनामा आर्थिक संकट चुलिदो—नियन्त्रणका लागि विद्यमान मन्त्रालयको संख्यामा आधा कटौति गरिने
  • प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने
  • गरिवी निवारणका लागि उदयपुरमा सञ्चालित कार्यक्रम अपारदर्शी, खरीद गरिएका सामाग्री गुणस्तरहिन, उद्यमी बने आक्रोशित
  • १२ वर्षको प्रयास पछि बुटवलको पशुबधशाला सञ्चालन हुँदै, जनप्रतिनिधीको प्रयास सार्थक
खेलकुद
आयोजक फ्रान्सलाई हराउँदै पोर्चुगलले पहिलो पटक युरोकप जित्यो
प्रकाशित मिति: सोमबार, आषाढ २७, २०७३

आयोजक फ्रान्सलाई हराउँदै पोर्चुगलले पहिलो पटक युरोकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फ्रान्सको पेरिसस्थित राष्ट्रिय रंगशालामा गएराति भएको फाईनल खेलमा घरेलु टोलीलाई अतिरिक्त समयमा १–० ले हराँउदै पोर्चुगलले उपाधि हात पारेको हो । खेलको पहिलो हाफमै पोर्चुगलका क्रिश्चियानो रोनल्डो घाईते भई मैदान छोडेपछि टोली दबाबमा आएको थियो । तर पनि घरेलु मैदान र समर्थकको दबाब झेल्दै पोर्चुगलले निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा र्पुयायो । यसपछि थपिएको ३० मिनेटमा पोर्चुगलले एक गोल र्गयो । अतिरिक्त समयको १९ औं मिनेटमा पोर्चुगलका लागि सब्सटिच्युट खेलाडी ईडरले एक गोल गरे । बाँकी समयमा फ्रान्सका खेलाडीहरुले केही अवसर सिर्जना गरे पनि गोलमा बदल्न नसक्दा खेल पोर्चुगलले १–० ले जित्यो । यो जितसँगै पोर्चुगलले पहिलो पटक कुनै पनि मेजर फुटबल प्रतियोगिताको उपाधि सुरक्षित गरेको छ ।

यसअघि सन् २००४ मा आफ्नै राष्ट्रमा भएको युरोकप फुटबलको फाईनलमा ग्रिससँग हारेको पोर्चुगलले यसपटक त्यो गल्ति दोर्होयाएन । गएरातिको जितसँगै पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले अपराजित यात्रालाई निरन्तरता दिएका छन् । सान्तोसको नेतृत्वमा पोर्चुगलले एउटा पनि खेल हारेको छैन । उता फ्रान्सले भने तेस्रो पटक युरोकपको उपाधि जित्ने अवसर खेर फालेको छ । यसअघि सन् १९८४ र २००० मा युरोकप जितेको फ्रान्सले १९९८ को विश्वकप फुटबल पनि जितेको थियो । 
 

Comments