• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटाको ऐतिहासिक तल्लो टुडिखेल बन्यो आधुनिक र पुर्बाधारयुक्त देशकै नमुना बनाउने लक्ष्य
  • अर्जेन्टिनामा आर्थिक संकट चुलिदो—नियन्त्रणका लागि विद्यमान मन्त्रालयको संख्यामा आधा कटौति गरिने
  • प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने
  • गरिवी निवारणका लागि उदयपुरमा सञ्चालित कार्यक्रम अपारदर्शी, खरीद गरिएका सामाग्री गुणस्तरहिन, उद्यमी बने आक्रोशित
  • १२ वर्षको प्रयास पछि बुटवलको पशुबधशाला सञ्चालन हुँदै, जनप्रतिनिधीको प्रयास सार्थक
अन्तर्राष्ट्रिय
इन्डोनेसियामा ट्राफिक जामका कारण १२ जनाको मृत्यु
प्रकाशित मिति: शनिबार, आषाढ २५, २०७३

एजेन्सी / इन्डोनेसियामा केही दिनदेखिको लामो ट्राफिक जामका कारण १२ जनाको मृत्यु भएको त्यहाँकोे सरकारी अधिकारीले बताएका छन् ।  जाममा फसेका १२ जनाको पानीको कमि तथा थकाइका कारण ज्यान गएको बताइएको छ ।

इन्डोनेसियाको जाभा द्विपमा केही दिनदेखि निकै लामो ट्राफिक जाम भएको छ । यसले गर्दा रमजान महिनाको अन्त्यमा छुट्टी मनाउन गएका लाखौं मानिस फसेका छन् । जाममा फसेर ज्यान जानेमा अधिकांश वृद्ध छन् ।

गाडी तातो भएको तथा पिउने पाने नपाएका कारण उनीहरुको ज्यान गएको हो । यस्तै एक बालिकाको गाडीबाट निश्किएको ग्यासका कारण ज्यान गएको हो । जाभा दिपमा गएको एक हप्तादेखि ट्राफिक जाम छ । २१ किलोमिटर भन्दा लामो जाम परेकाले बाटो खुलाउन समस्या भएको त्यहाँका अधिकारीले बताएका छन् ।

 

Comments