• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटाको ऐतिहासिक तल्लो टुडिखेल बन्यो आधुनिक र पुर्बाधारयुक्त देशकै नमुना बनाउने लक्ष्य
  • अर्जेन्टिनामा आर्थिक संकट चुलिदो—नियन्त्रणका लागि विद्यमान मन्त्रालयको संख्यामा आधा कटौति गरिने
  • प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने
  • गरिवी निवारणका लागि उदयपुरमा सञ्चालित कार्यक्रम अपारदर्शी, खरीद गरिएका सामाग्री गुणस्तरहिन, उद्यमी बने आक्रोशित
  • १२ वर्षको प्रयास पछि बुटवलको पशुबधशाला सञ्चालन हुँदै, जनप्रतिनिधीको प्रयास सार्थक
खेलकुद
युरोकप: वेल्सलाई २-० ले पराजित गर्दै पोर्चुगल फाइनल प्रवेश
प्रकाशित मिति: बिहीबार, आषाढ २३, २०७३

वेल्सलाई पराजित गर्दै पोर्चुगल युरोकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । फ्रान्सको लियोंमा गएराति भएको सेमिफाइनलमा क्रिश्चियानो रोनाल्डोको प्रदर्शन प्रेरित पोर्चुगलले वेल्सलाई २–० ले हरायो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको सुरुवातमै पोर्चुगलका रोनाल्डो र नानीले एक एक गोल गर्दै जित सुनिश्चित गरे । यो जितसँगै पोर्चुगल १२ वर्षपछि युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

यसअघि सन् २००४ मा आफ्नै देशमा भएको युरोकपको फाइनलमा पुगेको पोर्चुगल त्यतिबेला सरप्राईज टोली ग्रिससग पराजित भएको थियो । उता बुधबार रातिको हारसगै वेल्सको भने युरोकप यात्रामा पूर्णविराम लागेको छ ।

इतिहासमै पहिलो पटक सेमिफाइनलसम्म पुगेको वेल्सले राति भने सोचे अनुरुपको प्रदर्शन गर्न सकेन । युरोकप फुटबलको दोस्रो सेमिफाइनलमा आज राति दुई बलिया प्रतिस्पर्धी जर्मनी र फ्रान्स भिड्दैछन् । विश्वकप विजेता जर्मनीले क्वाटरफाइनलमा ईटालीलाई टाईब्रेकरमा हराएको थियो भने आयोजक फ्रान्सले आईसल्याण्डलाई ५–२ ले पाखा लगाएको थियो ।

Comments