• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • गरिवी निवारणका लागि उदयपुरमा सञ्चालित कार्यक्रम अपारदर्शी, खरीद गरिएका सामाग्री गुणस्तरहिन, उद्यमी बने आक्रोशित
  • १२ वर्षको प्रयास पछि बुटवलको पशुबधशाला सञ्चालन हुँदै, जनप्रतिनिधीको प्रयास सार्थक
  • आफूविरुद्ध महाभियोग प्रस्ताव नल्याउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह, महाभियोग लगाए देशकै अर्थतन्त्रमा धक्का पुग्ने चेतावनी
  • धरान उपमहानगरपालिकाले अवैज्ञानिक रुपमा कर बृद्धि गरेको प्रति कांग्रेस आन्दोलित
  • केहीदिनदेखि तनावग्रस्त बनेको कञ्चनपुरको अवस्था सुधारउन्मुख, बजार तथा यातायात आंसिकरुमा खुल्याे
मिस लिटिल स्टार २०१६ मा ट्यालेण्ट बिधाका उत्कृष्ट ६ प्रतिस्प्रर्धी छनोट
प्रकाशित मिति: बुधबार, आषाढ २२, २०७३

ह्याप्पी इभेण्ट प्रा.ली काठमाडौंले आयोजना गरेको मिस लिटिल स्टार २०१६ मा ट्यालेण्ट बिधाका लागि उत्कृष्ट ६ प्रतिस्प्रर्धी छनोट भएका छन ।

बुधवार लाजिम्पाटमा भएको ट्यालेण्ट राउण्डमा गायक र नृत्य तर्फ ३-३ जना छनौट भएका हुन । आफ्नो प्रस्तुतीपछि जर्जको मुल्याङ्कनका आधारमा गायन तर्फ अनामिका श्रेष्ठ, प्रिती प्रजापति र सुमी चित्रकार तथा नृत्य तर्फ आयुस्मा सेन्चुरी, रेस्नी खड्का र आशिका बस्नेत छानिएका हुन ।

उनीहरु मध्ये गायन र नृत्य तर्फबाट एक-एक जनाले आगामी शनिवार हुने ग्राण्ड फिनालेमा मोष्ट ट्यालेण्टेडको अवार्ड पाउने ह्याप्पी इभेण्टका मेनेजिङ डाइरेक्टर सुमन चित्रकारले बताउनुभयो । ट्यालेण्ट राउण्डमा टप सेभेण्टिन प्रतिष्प्रर्धीले गायक तथा नृत्यहरु प्रस्तुत गरेका थिए ।

ट्यालेण्ट राउण्डमा टप सेभेण्टिन प्रतिष्प्रर्धीका अभिभावकले समेत मनोरञ्जनात्मक बिभिन्न प्रस्तुतीहरु दिएका थिए ।

Comments