इटालीलाई सडन डेथमा पराजित गर्दै जर्मनी युरोकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।फ्रान्सको बोर्डाेमा गएराती भएको तेस्रो क्वाटरफाईनल खेलको निर्धारित ९० मिनेटसम्म दुबै टोलीले एक एक गोल गरे । खेलमा जर्मनीका मेसुत ओजिलले पहिलो गोल गरेपनि ईटालीका लियानार्दाे बोनुचीले पेनाल्टी मार्फत गोल फर्काउदै खेल बराबरी गरेका हुन् ।
निर्धारित ९० मिनेटको समयमा १–१ गोलको बराबरी भएपछि थपिएको ३० मिनेटमा कुनैपनि टोलीले गोल गर्न नसकेपछि खेल टाई ब्रेकेरमा पुग्यो । टाई ब्रेकरको सुरुवाती पाँच प्रहारमा दुबै टोलीले २–२ गोल मात्रै गरे ।
यसपछि सडन डेथको चौथो प्रहारमा ईटालीका माटियो डार्मीयान गोल गर्नबाट चुकेपछि जर्मनीले खेल जित्ने मौका पायो । यही अवसर सदुपयोग गर्दै जर्मनीका जोनास हेक्टरले टोलीलाई विजयी गराँउदै सेमिफाइनलसम्म पुर्याए । जर्मनीले अब युरोकप फुटबलको सेमिफाइनलमा फ्रान्स र आइसल्याण्डविचको अन्तिम क्वाटरफाईनल विजेताको सामना गर्नेछ । यो खेल आजैराती हुनेछ ।
प्रतियोगिताको पहिलो सेमीफाइनल खेलमा पोर्चुगल र वेल्स भिड्नेछन् ।


