• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटाको ऐतिहासिक तल्लो टुडिखेल बन्यो आधुनिक र पुर्बाधारयुक्त देशकै नमुना बनाउने लक्ष्य
  • अर्जेन्टिनामा आर्थिक संकट चुलिदो—नियन्त्रणका लागि विद्यमान मन्त्रालयको संख्यामा आधा कटौति गरिने
  • प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने
  • गरिवी निवारणका लागि उदयपुरमा सञ्चालित कार्यक्रम अपारदर्शी, खरीद गरिएका सामाग्री गुणस्तरहिन, उद्यमी बने आक्रोशित
  • १२ वर्षको प्रयास पछि बुटवलको पशुबधशाला सञ्चालन हुँदै, जनप्रतिनिधीको प्रयास सार्थक
खेलकुद
बेल्जियमलाई ३–१ गोल अन्तरले हराउदै वेल्स युरोकप फुटबलको सेमिफाईनलमा
प्रकाशित मिति: शनिबार, आषाढ १८, २०७३

एजेन्सी,१८ असार / बेल्जियमलाई ३–१ गोल अन्तरले हराउदै वेल्स युरोकप फुटबलको सेमिफाईनलमा प्रबेश गरेको छ । गएराती सम्पन्न दोश्रो क्बाटरफाईनलमा बेल्जियममाथी प्रभावशाली जित निकाल्दै प्रतियोगीतामा पहिलोपटक सहभागी वेल्सले ऐतिहासिक उपलब्धि हासिल गरेको हो । खेलको १३ औ मिनेटमा राड्जा निन्गोलानले गोल गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ३० औ मिनेटमा एस्ले विलियम्सले गोल गर्दै खेल बराबरीमा ल्याए । पहिलो हाफ एक एकको बराबरीमा सकिए पनि दोश्रो हाफमा वेल्स थप आक्रामक बन्यो । ४६ प्रतिशत खेल आफ्नो नियन्त्रणमा राखेको वेल्सले ५० औ मिनेटमा रोब्सन कानुको गोल मार्फत अग्रता दोब्बर र्पायो ।

त्यस्तै ८५ औ मिनेटमा सब्स्टिच्युट खेलाडीका रुपमा मैदान प्रबेश गरेका साम भोक्सले हेड मार्फत गोल गर्दै टोलीको जित सुनिश्चित पारे । सन् १९५८ को बिश्वकप फुटबलको क्बाटरफाईनलमा पुगे यता वेल्सको यो नै सबैभन्दा ठुलो सफलता हो । सेमिफाईनलमा वेल्सले पोर्चुगलसंग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगीताको तेश्रो क्बाटरफाईनलमा आज बिश्वबिजेता जर्मनी र ईटालीबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समयानुसार मध्यराती पौने १ बजे सुरु हुनेछ ।

Comments