एजेन्सी,६ असार / अफगानिस्तानको राजधानी काबुलमा सोमबार विहान भएको आत्मघाती आक्रमणमा १२ नेपालीको मृत्यु भएको पुष्टि भएको छ । काबुलमा सोमबार बिहान मिनीबसमाथि बम आक्रमण भएको थियो । आक्रमणमा १२ जनाको मृत्यु भएको हो । मृत्यु भएका सबै नेपाली नागरिक भएको अफगान गृहमन्त्रालयले पुष्टि गरेको छ । घटनामा ९ जना घाइते भएका छन् । उनीहरु मध्ये पाच नेपाली र चार अफगान नागरिक छन् ।
नेपाली सुरक्षागार्ड बोकेको मिनीबसमाथि बम हमला भएको त्यहाको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता सेदिक सिद्दिकीले दिएको जानकारी अनुसार पैदल हिड्दै आएका आत्मघाती हमलाकारीले बस रोकिएको अबस्थामा आफुलाई बिष्फोट गराएका थिए । बसमा यात्रा गरिरहेका नेपाली सुरक्षा गार्डसंगै सडकमा यात्रा गरिरहेका पैदलयात्रु पनि घाइते भएको अफगान प्रहरीले जनाएको छ ।




