• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटाको ऐतिहासिक तल्लो टुडिखेल बन्यो आधुनिक र पुर्बाधारयुक्त देशकै नमुना बनाउने लक्ष्य
  • अर्जेन्टिनामा आर्थिक संकट चुलिदो—नियन्त्रणका लागि विद्यमान मन्त्रालयको संख्यामा आधा कटौति गरिने
  • प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने
  • गरिवी निवारणका लागि उदयपुरमा सञ्चालित कार्यक्रम अपारदर्शी, खरीद गरिएका सामाग्री गुणस्तरहिन, उद्यमी बने आक्रोशित
  • १२ वर्षको प्रयास पछि बुटवलको पशुबधशाला सञ्चालन हुँदै, जनप्रतिनिधीको प्रयास सार्थक
खेलकुद
बेलबारीमा नगर स्तरीय फुडबल प्रतियोगीता सुरु
उत्तम पोख्रेल  प्रकाशित मिति: शनिबार, जेठ २२, २०७३

बेलबारी २२जेष्ठ /  बेलबारी नगर खेलकुद बिकास समिति तथा नमस्ते लालभित्ति खेलकुद क्लबको आयोजनामा प्रथम बेलबारी नगर अन्तर वडास्तरीय फुटबल प्रतियोगिता शनिबार बाट शुरु भएको छ । 
बेलबारी ४ लालभित्ति सिंहदेबी डाँडाको खेलमैदानमा प्रतियोगिताको एक कार्यक्रमका बिच भुतपुर्ब सांसद तथा नेकपा एमालेका केन्द्रिय सल्लाहकार सदस्य हर्कमान तामाङले उदघाटन गरेका छन ।

खेलाडीहरु माझ बलियो सम्बन्ध स्थापना गर्ने,छरिएर रहेका प्रतिभालाई एकिकृत गर्ने,हरेक वार्डमा एउटा खेलकुद क्लबको स्थापना गरी आत्मनिर्भर बनाउने,युवाहरुलाई कुलत बाट जोगाई खेलकुदमा लाग्न अभिप्रेरित गर्ने उद्धेश्यका साथ सो प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।
 प्रतियोगीतामा आयोजक सहित १२ वटा टिमले सहभागीता जनाएका छन । प्रतियोगीतामा प्रथम हुनेलाई २५ हजार नगद,ट्रफी र खेलकुद सामाग्री,दोस्रो हुनेलाई १५ हजार नगद ट्रफी र खेलकुद सामाग्री र खेल अबधिभरी उत्कृष्ट खेल प्रर्दशन गर्ने १ जना खेलाडीलाई नगर ३ हजार सहित ट्रफी र प्रत्येक खेलका १ खेलाडीलाई म्यान अफ दि म्याच घोषित गरिने आयोजकले जनाएको छ । प्रतियोगीता असार १ गते सम्म चल्ने आयोजकले जनाएको छ । 

Comments