• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटाको ऐतिहासिक तल्लो टुडिखेल बन्यो आधुनिक र पुर्बाधारयुक्त देशकै नमुना बनाउने लक्ष्य
  • अर्जेन्टिनामा आर्थिक संकट चुलिदो—नियन्त्रणका लागि विद्यमान मन्त्रालयको संख्यामा आधा कटौति गरिने
  • प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने
  • गरिवी निवारणका लागि उदयपुरमा सञ्चालित कार्यक्रम अपारदर्शी, खरीद गरिएका सामाग्री गुणस्तरहिन, उद्यमी बने आक्रोशित
  • १२ वर्षको प्रयास पछि बुटवलको पशुबधशाला सञ्चालन हुँदै, जनप्रतिनिधीको प्रयास सार्थक
खेलकुद
नेपाली राष्ट्रिय फुटबल टोलीलाई बिदाई
प्रकाशित मिति: शुक्रबार, जेठ १४, २०७३

काठमाण्डौ १४ जेष्ठ /ओसविरुद्धको मैत्रीपूर्ण फुटबल खेलमा भाग लिने नेपाली राष्ट्रिय फुटबल टोलीलाई बिदाई गरिएको छ । टोलीलाई एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित एक कार्यक्रमकाबीच बिदाइ गरिएको हो

।  नेपाली टोली थाइ एअरवेजको विमानमार्फत् थाइल्यान्डको बैंकक हुँदै लाओसको भियानतियान पुग्नेछ । नेपालले आगामी आइतबार नेपाली समयअनुसार साँझ सवा ५ बजेदेखि लाओसविरुद्ध मैत्रीपूर्ण फुटबल म्याच खेल्नेछ ।

लामो समयसम्म नेपाली राष्ट्रिय फुटबल टोलीले खेल्ने औपचारिक प्रतियोगिता नभएकाले अखिल नेपाल फुटबल संघ (एन्फा)ले मैत्रीपूर्ण खेललाई प्राथमिकता दिएको हो । बिदाई समारोहमा राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य–सचिव केशव विष्टले नेपालको गौरवलाई उच्च राख्दै खेलमा सहभागीता जनाउन आग्रह गर्नुभयो ।

लाओसविरुद्धको खेलका लागि नेपाली टोलीमा अनिल गुरुङ, किरण चेम्जोङ, भरत खवासलगायतका खेलाडीले पुनरागमन गरेका छन् । 

Comments