• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटाको ऐतिहासिक तल्लो टुडिखेल बन्यो आधुनिक र पुर्बाधारयुक्त देशकै नमुना बनाउने लक्ष्य
  • अर्जेन्टिनामा आर्थिक संकट चुलिदो—नियन्त्रणका लागि विद्यमान मन्त्रालयको संख्यामा आधा कटौति गरिने
  • प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने
  • गरिवी निवारणका लागि उदयपुरमा सञ्चालित कार्यक्रम अपारदर्शी, खरीद गरिएका सामाग्री गुणस्तरहिन, उद्यमी बने आक्रोशित
  • १२ वर्षको प्रयास पछि बुटवलको पशुबधशाला सञ्चालन हुँदै, जनप्रतिनिधीको प्रयास सार्थक
खेलकुद
नेपाल च्याम्पियनलाई हराएसँगै भुपेन्द्रको एकल अग्रता
प्रकाशित मिति: आइतबार, जेठ ९, २०७३

इलाम ९ जेठ / इलाममा जारी १९ औं राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा झापा दमकका भुपेन्द्र निरौला निरजले एकल अग्रता कायम गरेका छन् ।

शनिबार दोस्रो दिनको खेल सकिदा सम्म उनले लगातार जित निकाल्दै चार अंक सहित एकल अग्रता कायम गरेका हुन् । पहिलो बोर्डमा ब्लाक बाट खेल खेलेका उनले नेपाल च्याम्पियन केशब श्रेष्ठलाई ६३ मुभमा हार स्विकार्न बाध्य बनाएका थिए ।

पराजित श्रेष्ठलाई पुरै समय सम्म कडा चुनौति दिएका उनको यो अग्रतासँगै च्याम्पियनको सम्भाबना झन बढेको छ । यसअघि शनिबार नै  तेस्रो बोर्डमा खेलेका निरौलाले १८ सय ८५ रेटेड कमल श्रेष्ठलाई घुँडा टेकाएका थिए ।

त्यस्तै दोस्रो बोर्डमा खेलेका बिलमलाल श्रेष्ठ र फिडे माष्टर मनिष हमालले बराबरीमै चित्त बुझाए । तेस्रो बोर्डमा खेलेका सजिन महर्जनले क्षितिज भण्डारीलाई पाखा लगाउँदा चौथो बोर्डमा खेलेका हिमाल लामाले पनि जित निकाले ।

उनले कमल श्रेष्ठ विरुद्ध सहज जित हात पारेका थिए । त्यस्तै पाँचौ बोर्डमा खेलेका पुरुषोत्तम चौलागाईले बाबुराजा महर्जनलाई चित ख्वुवाउँदा पुर्व नेपाल च्याम्पियन नविन तण्डुकारले अबिरल राईलाई पाखा लगाए ।

अन्य खेलमा सुजेन्द्र प्रसाद श्रेष्ठले विकाश कुलुजुलाई,जनार्दन श्रेष्ठले मदन रायामाझीलाई,रविन्द्र शाक्यले विजय जातिलाई,प्रचण्डमान मालाकारले रुद्र खनियालाई,विक्रम जातिले दिपक महर्जनलाई   पराजित गरेका छन् ।

प्रतियोगितामा सजिन महर्जन ३.५ अंकका साथ दोस्रो स्थानमा रहेका छन् । छ खेलाडी तीन अंकका साथ उपाधी होडमा कायमै रहेका छन् । उता चौथो महिला राष्ट्रिय प्रतियोगितामा अस्मिता अधिकारी र मोनालिसा खुम्बु समान ३.५ अंकका साथ अग्र स्थानमा रहेका छन् । यस अघि अपराजित रहदै शिर्ष स्थानमा रहेकी सिन्दीरा जोशी अस्मितासँगको पराजयसँगै ३ अंकका साथ दोस्रो स्थानमा झरेकी छन् ।

उनीसँगै सुरुची थिङपनि बिसेखा जैसवाललाई पराजित गर्दै ३ अंक बनाउँन सफल भएकी छन् । त्यस्तै शनिबार सम्पन्न अन्य खेलमा संगिता जैसवाल,शान्ता थापा,अन्जु शाहा र पुनम प्रसाइले आ–आफ्नो खेलमा जित हातपार्दै थप एक अंक बटुलेका छन् । आइतबार पनि दुई खेल हुनेछन् । 

Comments