• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटाको ऐतिहासिक तल्लो टुडिखेल बन्यो आधुनिक र पुर्बाधारयुक्त देशकै नमुना बनाउने लक्ष्य
  • अर्जेन्टिनामा आर्थिक संकट चुलिदो—नियन्त्रणका लागि विद्यमान मन्त्रालयको संख्यामा आधा कटौति गरिने
  • प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने
  • गरिवी निवारणका लागि उदयपुरमा सञ्चालित कार्यक्रम अपारदर्शी, खरीद गरिएका सामाग्री गुणस्तरहिन, उद्यमी बने आक्रोशित
  • १२ वर्षको प्रयास पछि बुटवलको पशुबधशाला सञ्चालन हुँदै, जनप्रतिनिधीको प्रयास सार्थक
बिजनेस
बाणिज्य महासंघ आफूहरु विरुद्ध गुण्डागर्दीमा उत्रियो; सुपारी किसान
प्रकाशित मिति: शनिबार, माघ २३, २०७२

काठमाण्डौ २३ माघ  सुपारी निर्यातको लागि किसान र सरोकारवालाहरुसँग समन्वयन नै नगरी उत्पत्तिको प्रमाणपत्र जारी गर्दा आफूहरु समस्यामा परेको भन्दै रिले अनसनमा बसिरहेका सुपारी किसानहरुले उद्योग बाणिज्य महासंघ आफूहरु विरुद्ध गुण्डागर्दीमा उत्रिएको आरोप लगाएका छन ।

मेची सुपारी तथा फलफुल विकास संस्था, राष्ट्रिय सुपारी श्रमिक संगठन र फेयर नेपालले शनिवार पत्रकार सम्मेलन गरेर आफूहरु माग पुरा गर्न शान्तिपूर्ण रुपमा मंसिर ३ गते देखि महासंघको परिषरमा रिले अनसनमा बसिरहेकोमा महासंघले बार्ता गर्नुको साटो माघ २१ गते राती धम्की दिदै टेन्ट भत्काउने का गरेर गुण्डागर्दी सुरु गरेको आरोप लगाएको हो । पत्रकार सम्मेलनमा मेची सुपारी तथा फलफुल विकास सस्था झापाका उपाध्यक्ष तोयानाथ अधिकारीले सरकार र सर्वोच्चको फैसलालाई बेवास्ता गर्दै कार्तिक १ गते आफूखुसी गरेको निर्णय सच्याउन माग गर्दै आफूहरु लामो आन्दोलनमा रहँदा समेत बास्ता नगरी उल्टै गुण्डा प्रयोग गरेर महासंघ नेतृत्वले धम्क्याउन खोलेको आरोप लगाउनुभयो । राष्ट्रिय सुपारी श्रमिक संगठनका संयोजक मनोज पोख्रेलले महासंघ जस्तो जिम्मेवार निकायले समस्या समाधानकोलागि शान्तिपूर्ण बाटो नपनाई गुण्डागर्दी तर्फ लागेकोमा भत्र्सना गर्दै आफूहरुको माग पुरा नभएसम्म शान्तिपूर्ण आन्दोलन जारी राख्ने स्पष्ट पार्नुभयो । फेयर नेपालका उपाध्यक्ष जीतनारायण खवासले महासंघको तरिकाको निन्दा गर्दै यस्तो घटना फेरि दोहोर्याउन खोजे त्यसको गंभिर परिणाम भोग्नु पर्ने चेतावनी दिनुभयो ।

सुपारी व्यबसायीहरुले सर्वोच्चको फैसलालाई कायान्वयन गराईछाड्ने दाबी पनि गरेका छन् । 

Comments