काठमाण्डौ ८ माघ । अनुसन्धान निरीक्षक र सहायक निरीक्षकमा जागिर लगाई दिने भनि विज्ञापन समेत गरेको देखाई संगठित रुपमा सर्वसाधारणलाई लाखौ ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल सरकार गृह मन्त्रालय प्रहरी हेडक्वाटर नक्शालको च.नं.२०८ पत्र सं.१५३ बाट अनुसन्धान महा उपरीक्षक तथा सहायक निरीक्षक गरी ४० जनाको आवश्यक परेको सूचना देखाई ठगी गर्ने कालिकोटका सतल महतरा पक्राउ परेका हुन्। उनीसँगै पक्राउ पर्नेमा गोरखाका विकास गुरूङ र कालिकोटकै नेत्रबहादुर साही छन्। गोरखाका वीर बहादुर गुरुङसहित ११ जनालाई सम्पर्कमा ल्याएर राष्ट्रिय अनुसन्धानमा अनुसन्धान निरीक्षकको लागि ७ लाख र सहायक निरीक्षकको लागि ५ लाख लाग्ने र २० प्रतिशतमा प्रतिस्पर्धा गर्न नपर्ने सिधै नियुक्ती हुने भनि ११ जनाबाट ३४ लाख ४० हजार उनीहरूले लिएका थिए।
उक्त छनोट प्रकृयामा नेत्र बहादुर शाहीले आफूलाई कमल सिंह बम बताएको र विकाश गुरुङले वेरोजगार युवा खोजी गरी सम्पर्कमा ल्याउने र सम्पूर्ण व्यवस्था छनौट प्रकृया सतल महतराले गर्ने र रकम गंगा प्रसाद न्यौपानेको ग्लोवल आई एमई बैंकको खाताबाट पैसा लिने गरेको प्रहरी अनुसन्धानमा देखिएको छ ।
प्रहरीको विशेष टोलीले उक्त ठगी कार्यमा संलग्न व्यक्तिलाई पक्राउ गरीएको छ । साथै उनीहरूको साथबाट हेडक्वाटरबाट प्रकाशित भएको सूचना, छनोट भएका देश भक्त जवानहरु ४६ जनाको नामवली रहेको कागजात बरामद गरेको छ । पक्राउ परेका ३ जनालाई नै ठगी मुद्दा चलाइने प्रहरीले जनाएको छ ।




