• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटाको ऐतिहासिक तल्लो टुडिखेल बन्यो आधुनिक र पुर्बाधारयुक्त देशकै नमुना बनाउने लक्ष्य
  • अर्जेन्टिनामा आर्थिक संकट चुलिदो—नियन्त्रणका लागि विद्यमान मन्त्रालयको संख्यामा आधा कटौति गरिने
  • प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने
  • गरिवी निवारणका लागि उदयपुरमा सञ्चालित कार्यक्रम अपारदर्शी, खरीद गरिएका सामाग्री गुणस्तरहिन, उद्यमी बने आक्रोशित
  • १२ वर्षको प्रयास पछि बुटवलको पशुबधशाला सञ्चालन हुँदै, जनप्रतिनिधीको प्रयास सार्थक
बिजनेस
बंगुरका पाठा विक्रिमा कमी
प्रकाशित मिति: आइतबार, पौष २६, २०७२

 विवेक भट्टराई   इटहरी २६ पुस   । कृषकको माग नभएपछि तोकिएको मुल्य भन्दा आधा कममा विक्रि गर्ने बताए पनि  बंगुरका पाठा विक्रि नभएको  क्षेत्रीय कृषि केन्द्र तरहराले  जानकारी दिएको छ । 
कुनै समय क्षेत्रीय कृषि केन्द्र तरहराबाट उत्पादीत बंगुर भने पछि कृषकहरुमा खरिदका लागि दौडादौड नै  चल्ने गर्दथ्यो । तर अहिले कृषकहरुको माग नभएपछि  केन्द्रबाट उत्पादित वंगुर विक्रि हुन सकेको छैन ।

 विशेष गरि भारत र भुटानमा निकासी हुँदै आएको यी वंगुरको निकासी  हुन छाडेका कारणले समस्या भएको केन्द्रले जानकारी दिएको छ । क्षेत्रीय अनुसन्धान केन्द्रले उत्पादित  वंगुरको विक्रिका लागि आह्वान गरेपनि लिन कृषक नआएपछि दोस्रो पटक आधा मुल्य घटाएर विक्रिका लागि आह्वान गरेको छ ।
४५ दिने उन्नत जातको बंगुरको पाठा ३ हजारमा विक्री गर्दै आएको अनुसन्धान केन्द्रले अहिले १५ सय मुल्य राखेको छ । तर पनि भने जस्तो विक्री नभएको क्षेत्रिय अनुसन्धान केन्द्रका प्रमुख डा हरिकृष्ण श्रेष्ठको भनाई छ ।

क्षेत्रिय कृषि अनुसन्धान केन्द्रमा चालु आर्थिक बर्षको ६ महिनामा अहिलेसम्म ४८ वटा मात्र बंगुरका पाठापाठी विक्री भएका छन् । अघिल्लो बर्ष यहि समयमा १ सय ३३ वट विक्री भएका थिए । 
केन्द्रमा कृतिम गर्भाधानबाट निकालिएका हेमसायर, बर्कसायर र लार्जब्लाक जातका  र नागपुरी, कालो पाख्रिबास ,हर्रा स्थानीय जातका ३ सय बंगुरका पाठापाठी रहेको केन्द्रले जानकारी दिएको छ ।
 

Comments