१० चैत, झापा । बलिउड अभिनेत्री कंगना रनौत आज आफ्नो ३४ औं जन्मदिन मनाउँदैछिन्।
उनको जन्मदिनको अवसरमा उनी स्टारर चलचित्र ‘थलाइवी’ को ट्रेलर सार्वजनिक हुँदैछ। उक्त चलचित्र तमिलनाडुकी पूर्वमुख्यमन्त्री स्व. जयललिताको बायोपिक हाृे।
जसलाई ए. एल विजयले निर्देशन गरेका छन्। यो चलचित्र २३ अप्रिलमा तीन भाषा हिन्दी, तमिल तथा तेलुगुमा रिलिज हुनेछ। उक्त चलचित्रलाई निकै प्रतिक्षाका साथ हेरिएको छ।