• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • कावेली कोरीडोरमा उत्पादित विद्युतको क्षमता बढाउनका लागि नयाँ ट्रान्सफर्मर जडानको तयारी
  • रसियामा जारी विश्वकप फुटबलमा आज ब्राजिल र कोष्टारिकाबीच प्रतिस्पर्धा हुँदै
  • रुकुम पूर्वको सिस्ने गाउँपालिका ५ मा गाडी दुर्घटना हुँदा ९ जना घाईते
  • युरोप प्रवेश गर्ने गैरकानुनी आप्रवासीलाई नियन्त्रण गर्नुपर्ने इटलीको जोड
  • अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आप्रवासी नीतिमा फेरबदल, परिवारदेखि बच्चा अलग गराउने नीतिको सर्वत्र आलोचना पछि निर्णय फिता
बिर्तामोडमा जिउँदो आकाश नामक नाटक मञ्चन हुने
प्रकाशित मिति: आइतबार, जेठ ६, २०७५

बिर्तामाेड । पछिल्लो समय रंगमञ्चमा दर्शकको आकर्षण बढ्दै गइरहेका बेला पूर्वी नेपालको बिर्तामोडमा जिउँदो आकाश नामक नाटक मञ्चन हुने भएको छ । 

नाटक लाटीको छोरोको सफलतापछि निर्माण टिम आर्ट स्टुडियोले दोस्रो नाटक मञ्चन गर्न लागेको हो । नाटकले समाजमा तेस्रो लिङ्गीले ब्यहोर्नुपरेका समस्यालाई उतार्ने प्रयास गरिएको शनिबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।

पछिल्लो समयमा पनि समाजमा तेस्रो लिङ्गीहरुलाई हेर्ने दृष्टीकोणमा कुनै परिवर्तन नआएकाले समाजमा रहेको भ्रमलाई चिर्न नाटक जिउँदो आकाश सफल हुने नाटकका संयोजक प्रकाश दाहालले बताउनु भयो ।

साइलेन्ट एक्टको निर्माणमा बनेको नाटक जिउँदो आकाश आगामी जेठ १८ गतेबाट २३ गतेसम्म बिर्तामोड स्थित अतिथी सदनमा मञ्चन गर्न लागिएको जनाइएको छ ।

नाटकमा रंगकर्मी अनिल सुब्बाको मुख्य भूमीका रहने जनाइएको छ । चन्द्र पाण्डेयद्धारा लिखित नाटक जिउँदो आकाशको निर्देशन आर के मेहेताले गरेका हुन । 

Comments