काठमाडौ– गायककार रमेश अन्जान कडरियाको गित सार्वजनिक भएको छ । बहुमुखी प्रतिभाका धनी गायक कडरियाले ‘सँगै सँगै हिंडे पनि’ बोलको गित बजारमा ल्याएका हुन् । गितमा मणी भट्टराईको शब्द रहेको छ भने सुमन केसीको एरेन्ज रहेको छ । संगित भने गायक रमेश आफैंले गरेका छन् ।
मीठो ‘अरेन्ज’मा रहेको यो नयाँ आधुनिक गीत युवा गायक एवम् संगीतकार कडरियाको एल्बम ‘स्मृति किरण’ बाट लिइएको हो । कृष्णप्रसाद सिटौलाको निलकाँडा एल्बमको ‘भुल्न खोजे’बाट गायन क्षेत्रमा प्रवेश गरेका रमेश पहिलो गितबाट नै सबैको मनमा बस्न सफल भए ।
त्यस्तै केही समय अगाडि मात्र बजारमा आएको ‘ब्रेक फेल’ ले पनि उधुम मच्चाउको थियो । ‘स्मृति किरण’ एल्बम चाँडै बजारमा आउँदैछ ।