• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • उपसचिब प्रेम संजेल कार्यालय हाजिर भए
  • ललितपुरमा १२ औ राष्ट्रिय प्राङ्गारिक कृषि मेला सुरु
  • प्रधानमन्त्री ओलीद्वारा हेलिकप्टर दुर्घटनामा निधन भएकाहरु प्रति श्रद्धान्जली
  • नौमती बाजा हराउ“दै गएपछि धनकुटाका महिला बाजा संरक्षणमा सक्रिय
  • झापामा आजदेखि बिहान र बेलुका ट्रिपर सञ्चालनमा रोक, दुर्घटना न्युनिकरण गर्ने उदेश्य
जितेन राई बने पाँचौं भोजपुर आइडल
कविता खड्का प्रकाशित मिति: आइतबार, फाल्गुण २७, २०७४

भोजपुर २७ फागुन ।  पाँचौ भोजपुर आइडल भोजपुर नगरपालिका –१० भैसीपंखाका जितेन राई  भएका छन् । कटुन्जे युवा क्लब धोद्लेखानीद्वारा आयोजित पाँचौ भोजपुर आइडलको फाइनल चरणका १० प्रतियोगी मध्ये राईले उपाधि चुमेका हुन् ।

फाइनलमा गायक दिपक वान्तावा र  कला राईको निर्णय तथा भोटिङका आधारमा राई पाँचौ भोजपुर आइडल घोषित भएका हुन् । राईले ट्रफी प्रमाण पत्रको साथमा नगद एक लाख र विभिन्न अवसरहरु पाएका छन् ।

त्यस्तै उत्कृष्ट स्वर तर्फ भोजपुर नगरपािलका १० का दिपक शाक्य, उत्कृष्ट अनुशासन अरुण गाउँपालिकाकाी अनिता आले मगर उत्कृष्ट व्यक्तित्व रामप्रसाद राई गाउँपालिकाका सुजन राई, उत्कृष्ट प्रस्तुति हतुवागढी गाउँपालिकाका कमल राई घोषित भएका छन् । उत्कृष्ट स्वरले नगद २० हजार, उत्कृष्ट अनुससान १० हजार, उत्कृष्ट व्यक्तित्व, १० हजार, उत्कृष्ट प्रस्तुति नगद १० सहित ट्रफी प्रमाण पाएका छन् ।

अवसरको अभावमा साघँुरो भुगोलमा रम्न वाध्य कलाकारहरुलाई संगितको मुलधारमा ल्याउने उद्धेश्यका साथ कटुन्जे युवा क्लव विगत ६  वर्ष प्रतियोगिता गराउदै आएको छ । साथै शनिवार  नै छैटौ भोजपुर आइडलको दोश्रो अडिसन समेत सम्पन्न भएको छ ।

Comments