• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • अमेरिकाको क्यालिफोर्निया फैलिएको आगालागीमा परि मृत्यु हुनेको संख्या २५ पुग्यो
  • बिराटनगरमा निर्माणाधिन पशु बधशाला निर्माणमा बजेट अभाव
  • आज राष्ट्रिय विभूति फाल्गुनन्दको १३४ औं जन्मजयन्ती, विभिन्न कार्यक्रम गरि मनाईदै
  • साउदी अरबका युवराजद्वारा परमाणु रियाक्टर बनाउने घोषणा , ८० अर्ब डलर खर्च हुने अनुमान
  • भोजपुरका कृषकहरु धान थन्काउन व्यस्त—उत्पादनमा कमि आएपछि चिन्तित
चलचित्र मंगलम टिम झापामा,
प्रकाशित मिति: आइतबार, फाल्गुण १३, २०७४

दमक । नयाँ र पुरानो कलाकारलाई एकैसाथ लिएर छविराज ओझाले निर्माण गरेको चलचित्र मंगलम चाँडै देशैभर प्रदर्शन हुने भएको छ । 

निर्माता ओझाले चलचित्र मंगलम यहि फागुन २५ गतेदेखि देशभरका हलहरुमा एकै साथ प्रर्दशनमा आउन लागेको जानकारी दिएका छन् । चलचित्रको निर्माण पक्षले आज दमकमा पत्रकार सम्मेलन गरि चलचित्र फागुन २५ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको जानकारी दिएका हन् ।

चलचित्रमा मिथिला शर्मा, निर साह जस्ता अनुभवि कलाकारका साथै चलचित्र क्षेत्रमा उदाउदै स्थापित हुने क्रममा रहेका शिल्पा पोख्रेल, पुष्प खडका, पृथ्वीराज प्रसाई र साम्राज्ञीलक्ष्मी साहले अभिनय गरेका छन् । छविराज प्रोडक्सन र सिल्पा पोख्रेलको व्यानरमा निर्माण भएको मंगलम चलचित्र नवल नेपालको निर्देशनमा तयार भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । 

चलचित्र प्रदर्शनमा आउनु अघि नै सोहि चलचित्रको ‘पर्ख पर्ख मायालु ’ बोलको गीतले बजार पिटीसकेका कारण पनि यो चलचित्रले राम्रो व्यापार गर्नेमा निर्माता तथा निर्देशक आशावादी देखिएका छन् । 

Comments