• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • इलामको पूर्वी भारतीय सिमामा सशस्त्र प्रहरी परिचालन हुने, आपराधिक गतिविधि नियन्त्रण गर्ने उदेश्य
  • जलवायू परिवर्तन निराकरणका उपायहरू खोज्न विज्ञहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीको सुझाब
  • अमेरिकी सर्वाेच्च अदालतको न्यायाधीशमा ब्रेट क्याभानो नियुक्त
  • देशमा संविधान भन्दा ठूलो शक्ति नभएको पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको भनाइ
  • जनयुद्धकालमा विस्थापित सप्तरीका छोटी भन्सार पुर्नस्थापना भएनन्, तस्करी बढ्यो
शहरीकरणसंगै जग्गा प्लटिङ्गका नाममा खेतीयोग्य जमिन मासिदै
प्रकाशित मिति: शुक्रबार, कार्तिक १७, २०७४

धरान । शहरीकरणसंगै पछिल्लो समय पूर्वका धेरै स्थानमा जग्गा प्लटिङ्गका नाममा खेतीयोग्य जमिन मासिदै गएका छन् । शहरीकरणको नाममा बर्षौदेखि खेति गर्दै आएका जग्गा प्लटिङ्ग गर्दै महङ्गोमा जग्गा खरिद विक्री हुन थालेपछि खेतियोग्य जमिन घडेरीमा परिणत हुन थालेका हुन् । 

विकको पाचकन्या गाविस तथा अहिले धरान उपमहानगरपालिका वडा नं. ४, ५ र ६ विगतमा धरानको कृषि पकेट क्षेत्रमा लिने गरिएको थियो । जिल्लाभर ८७ हजार ५ सय ५० टन धान उत्पादन हुने गरेको थियो भने पाचकन्यामाात्र ८ देखि ९ हजार क्विन्टल धान उत्पादन हुने गरेको कृषि कार्यालयको तथ्यांकमा उल्लेख छ ।

तर पछिल्लो समय १५ प्रतिशत भन्दा बढी खेतियोग्य जमिन घडेरीमा परिणत भएको स्थानीयहरु नै बताउछन् । पाचबर्ष अगाडिसम्म पाचकन्यामा लहलह धान खेती, तरकारी खेती उब्जाउने उर्वरभूमि भएको भए अहिले त्यस्तो हुनै छाडेको धरान उपमहानगरपालिका वडा नं. ६ का स्थानीय रेशम राई बताउनुहुन्छ । खेतियोग्य जमिन धमाधम प्लििटङ्ग हुने क्रमले तिब्रता पाएकै कारण विगतको तुलनामा धेरै घटेको उहाको भनाई छ ।

त्यस्तो त उब्जनी खेती बाझो रहनुमा युवाहरु वैदेशिक रोजगारमा जानु र बसाई सराई पनि प्रमुख कारण भएको स्थानीय विश्वराज कार्की बताउनुहुन्छ । 

धरानमा खेतीयोग्य जमिन प्लटिङ्गमा विक्री हुन थालेपछि धरान उपमहानगरपालिकाले यसलाई रोक्न चासो देखाएको छ । 

सरकारले विना पूर्वाधार गाविसलाई गाउपालिका, नगरपालिका तथा नगरपालिकालाई उपमहानगरपालिका, महानगरपालिका बनाएपछि जग्गाको मूल्य ह्वात्तै बढेसंगै कृषकहरुले आफूले उब्जाउदै आएको जग्गा घडेरीमा विक्री वितरण गर्न थालेका हुन् ।

विगतमा यहाका खेतीबाट उत्पादन भएको धान तथा तरकारी खेती नेपालमा खतप भएर पनि विदेश निर्यात हुने अवस्था रहेको थियो तर अहिले यी ८० प्रतिशत भन्दा बढी धान तथा चामल छिमेकी मुलुक भारतबाट आयात गर्नुपर्ने अवस्था आइसकेको छ । 

Comments